मुख्यमन्त्री राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास


भोजपुर । भोजपुरमा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास गर्नु भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ९ र १० को संगम स्थलमा पर्ने फालिदोबाटो कुन्सालिङ डाँडामा मुर्तिको शिलान्यास गर्नुभएको हो ।

कुन्सालिङ गुरु रिन्पोछे शान्तिबाटिका फाउन्डेशनले आयोजना गरेको एक औपचारिक कार्यक्रमको बिच मुख्यमन्त्री राईद्धारा शिलान्यास भएको हो । पर्यटकीय तथा विगतदेखी बौद्ध धर्मवालम्विहरुले धार्मिक क्षेत्रको रुपमा मान्दै आएको उक्त डाँडामा मुर्तिको शुक्रबार शिलान्यास भएको हो ।

सोलुखुम्बुका धर्मगुरु ङिमा साङपो रिन्पोछेका स्व. बुवाले उक्त स्थानमा करिब ५ दशक अगाडी ध्यान तपस्या तथा लामाहरुलाई शिक्षा दिक्षा प्रदान गर्नुभएको थियो । बुवाले ध्यान तपस्या तथा शिक्षा दिक्षा दिएको उक्त स्थानमा स्वयम ङिमा साङपो रिन्पोछे धर्म गुरुले पनि लामाहरुलाई वङ, ल्हुङ र ठि दिनुभएको थियो ।

बुवाले लामाहरुलाई शिक्षा दिक्षा दिएको पवित्र भुमि तथा बुवाको सम्झनामा यस क्षेत्रमा धार्मिक कार्य तथा धार्मिक स्थल निर्माण गर्ने मनाशायले यो कार्य सुरु भएको धर्म गुरु ङिमा साङपो रिन्पोछेले बताउनु भयो ।

यस कार्यक्रम आयोजना गर्न आईपुग्दा सम्म धेरै बाधा अवरोध व्यहाेर्नु परेको छ । यस क्षेत्रलाई संस्थागत विकास गरेर लैजान र धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माणको लागि पहल भएको फाउन्डेशनका महासचिव ईन्द्र कुमार तामाङले बताए ।

फाउन्डेशनका अध्यक्ष सालिकराम तामाङले यस क्षेत्रलाई विकास गर्नको लागि पहल प्रयत्न गर्दै जाँदा यहाँ सम्म आईपुगेको बताए । यसलाई यहाँ देखि कहाँ पु¥याउने हामी सबैको हातमा रहन्छ आगमी दिनमा यस क्षेत्रलाई भोजपुरकै एक महत्वपुर्ण तथा पर्यटकीय क्षेत्र बनाउने समेत तामाङले बताए ।

यो धेरै नै ठुलो परियोजना भएकोले प्रदेश सरकारले मात्रै गर्न सम्भव नरहेकोले सबै मिलेर गर्नु पर्ने हुन्छ । नगर सक्ने काम नगरपालिकाको बजेटबाट केहि बजेट प्रदेश सरकारबाट र अझ धेरै बजेट केन्द्रमा पहल गर्ने प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए । प्रदेश सरकारबाट यहि बर्ष बजेट कम छ विनियोजन गर्न अप्ठ्यारो छ आर्थिक बर्षमा उक्त कार्यको लागि प्रदेशले सम्वोधन गर्ने मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा धर्मगुरु ङिमा साङपो ज्यासा रिन्पोछेका छोरा ७ औ अवतारी सिम्दाग गेटुल रिन्पोछेको विशेष आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार