प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर आउदै


भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर आउने भएका छन । राई जिल्लामा हुने महत्वपुर्ण कार्यक्रमको लागि गृह जिल्ला आउने भएका हुन । मुख्यमन्त्री राई चैत्र ३ गते भोजपुर आउनेछन् भने चैत्र ७ गते विराटनगर फर्किने छन् ।

मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका ९ र १० को सिमानामा पर्ने बौद्ध धर्मवालम्विहरुको आस्था फालिदोबाटो कुन्सालिङ डाँडामा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ती चैत्र ४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री राई ४ गतेको कार्यक्रम पश्चात ५ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भोजपुर जिल्ला कमिटीको भेला कार्यक्रममा जाने छन् । साथै चैत्र ६ गते भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको गाउँभेलामा तथा पालिका कमिटी घोषणा कार्यक्रममा जाने भएका छन् ।

चैत्र ७ गते गृह जिल्लाबाट मुख्यमन्त्री राई विराटनगर फर्किने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सन्दिप राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार