नेकपा एमाले भाेजपुरकाे आठौं जिल्ला अधिवेशनको लोगो सार्वजानिक


भोजपुर । नेकपा एमाले भोजपुरले आठौं जिल्ला अधिवेशनको आधिकारीक लोगो सार्वजानिक गरेको छ ।
“दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौंस जबजको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौं।” भन्ने नाराका साथ यहि पुष २३ र २४ गते जिल्ला सदरमुकाममा सम्पन्न हुने अधिवेशनको लोगो सार्वजानिक गरिएको नेकपा एमाले अधिवेशन आयोजक कमिटि प्रचार विभाग प्रमुख मकर खड्काले बताए । लोगोमा पार्टिको चुनाव चिन्ह र झन्डाको संयोजनसंगै भोजपुरलाई समेटिएको खड्काले बताए ।
एकताको अधिवेशन समेत भएको कारण यस पटक जिल्ला भरबाट १४ सय वढि प्रतिनिधि सहभागि हुने खड्काले बताए । अधिवेशनको प्रचार प्रसार त तयारी तिव्र गतिमा अघि वढाइएको समेत खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार