भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो ।
लुकी छिपी बसेको अवस्थामा २७ वर्षपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईले बताए ।
२०५० साल मङ्सिर ३ गते साविक भोजपुरको कोट गाविस–६ का हाल टेम्केमैयुङ गाउँपालिका–७ कोटका २५ वर्षीय राजधन राईलाई कर्तब्य गरी मारेको घटनामा प्रतिवादीमध्येका बारदातपछि फरार रहेका मन केशरलाई जिल्ला अदालत भोजपुरले २०६१ साल भाद्र २८ गते ३ वर्ष कैदको फैसला गरेको प्रहरी प्रमुख डिएसपी राईले जानकारी दिए ।
फरार रहेका मन केशरलाई भोजपुर सदरमुकाममा नै लुकिछिपी बसिरहेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत भोजपुरमा पेश गरेको छ ।
सोक्रममा जिल्ला अदालतबाट कैद भुक्तानका लागि मन केशरलाई कारागार चलान गरिएको प्रहरी प्रमुख डिएसपी राईले बताए ।