भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्मा हत्या


भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्ग (तालखर्क) मा ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छ्न । राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार राईले शुक्रबार राती १० बजेतिर घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको र श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन ।
राती सुतिरहेका बेलामा आमालाई बोलाउने क्रममा आमा मृत अवस्थामा देखेपछि ८ वर्षीय छोराले घर नजिकै रहेको हजुरआमालाई खबर गरेका थिए।
त्यसपछि स्थानीयबासीमा खैलाबैला भएको थियो। राती आमालाइ खुकुरी प्रहार गरेको देखेपछि ८ बर्षिय छोराले स्थानीयलाई खवर गरेका थिए । घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको स्थानियले जनाएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार