भोजपुरमा मजदुरहरुको आठ लाख लुटपाटमा संलग्ना नौ वर्षपछि पक्राउ


भोजपुर । भोजपुरको हेलौछाबाट मजदुरहरुको आठ लाख रुपैया लुटपाटमा संलग्ना नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । हेलौछा साविकको वडा नं. ५ हाल भोजपुर नगरपालिका वडा नं. २ को सडकमा काम गर्ने मजदुरहरुलाई वितरण गर्न लगिएको ८ लाख ५१ हजार ५ सय रुपैँया लुटपाट गरी भागेका वर्ष ३१ का सुवास विश्वकर्मालाई प्रहरीले पत्राउ गरेको हो ।
सडक निर्माण समितिका अध्यक्ष धन बहादुर राईले २०६९ असार १८ गते सडकमा काम गर्ने मजदुरहरुलाई वितरण गर्न लगिएको रकम राती ८ वजे हेलौछाको जंगल (सुन्तले नजिकै) बाट सात जनाको समुहले लुटेर भागेका थिए ।
रकम लुटेर फरार रहेका झापाको दमक नगरपालिका ५ हाल ऐ ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ एक्सटेन्सन (सेक्टर) बी ४ हट नं.६ बस्ने बर्ष ३१ को सुवास विश्वा वि.क.लाई जिल्ला अदालत भोजपुरले १२ लाख ७७ हजार २ सय पचास जरिवाना सहित ६ वर्ष कैद तोकेको छ ।
निज वि.क.लाई ९ बर्षपछि २०७८ साउन १५ गतेका दिन जिल्ला झापाको दमक नगरपालिका बेलडाँगीबाट पक्राउ गरी साउन १७ गते जिल्ला अदालत भोजपुरमा पेश गरेको जनाएको छ । विश्वकर्मालाई कैद जरिवाना भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार