भोजपुर । प्रदेश न्ं १ बाट देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्रिका आकांक्षी चार जना रहेका छन् । आकांक्षीहरूमा सुदन किराँती, शुरेश कुमार राई, अनलाल मोदि र हेमकुमार राई रहेका छन् । माओवादी केन्द्रबाट एक पटक पनि मन्त्रि न भएका यि सांसदहरुमध्ये सुदन किरातीको मन्त्रि बन्ने सम्भावना प्रवल रहेको छ ।
देउवा नेतृत्वको सरकारमा प्रदेश नं. १ बाट शक्तिशाली मन्त्रलय सहित सुदन किराती मन्त्री हुने सम्भावना रहेको स्रोतले बताए । दुई पटक निर्वाचित भैसकेका कारण पनि किराती मन्त्रि हुने सम्भावना प्रवल रहेको हो ।
पार्टी बर्ग संघर्षमा खरो रुपमा उत्रिएर राष्ट्रिय राजनितिमा छुट्टै परिचय बनाएका कारण उनलाई पार्टी नेतृत्व ले स्थान दिने पक्का जस्तै बनेको छ । स्पष्ट बक्ता र प्रखर युवा नेताको छवि बनाएका किराती माओवादी का स्थापित युवा नेताका रुपमा हेरिएको छ ।