नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टीको स्वास्थ्य सामग्री बितरण


भोजपुर । नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टीले गाउँपालिका भित्र कोभिड नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ ।
गाउँपालिका भित्रका रहेका वडा कार्यलय, स्वास्थ्य संस्था, प्रहरी चौकीसहित अग्रभागमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिँदै पार्टीले विभिन्न सामग्री वितरण गरेको जनाएको छ । पार्टीले २५ पिस एन्टिजेन् किट, २३ पिस अक्सिमिटर, १० हजार पिस सर्जिकल मास्क, २५ सय पिस एन नाईन्टिफाईब मास्क वितरण गरेको हो ।
अरुण गाउँ पार्टीले ५० लिटर सेनिटाईजर, थर्म गन १ थान, नेवुलाईजर १ थान, पिपिई ६ थान, एप्रोन ९ थान र फेस सिल्ड ५ थान वितरण गरिएको नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टी सचिव कुमार थापाले जानकारी दिए ।
पार्टीले जहाँ विपत्ति त्यँहाँ पार्टी भन्ने अभियाननै सञ्चालन गरेर पहिलो र दोश्रो चरण गरि प्राथमिकताको आधारमा सामग्रीहरु वितरण गरिएको पार्टी अध्यक्ष बलभद्र राईले बताए । पार्टी केन्द्रले तल्लो तहसम्म सवै नेता कार्यकर्तालाई कोभिड नियन्त्रणमा केन्द्रीत हुन निर्देशन जारी गरेसँगै भोजपुरको अरुण गाउँपालिका पार्टीले विभिन्न सामग्रीहरु वितरण गरेको हो ।
पार्टीले विभिन्न सहयोगदाताहरुबाट सामग्रीहरु संकलन गर्दै गाउँपालिकामा वितरण गरेको जनाएको छ । पहिलो र दोश्रो चरण गरि वितरण गरिएको सामग्रीहरु पार्टीका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला ईन्चार्ज पूर्वसांसद सुदन किराँती, उर्लावारी निवासी अर्जुन ओझा, अरुण गाउँपालिका ७ सिक्रेटारका दिपक थापा, सुमन अधिकारी, भुमिराज खड्का, प्रकाश खड्का, जीवन श्रेष्ठ अरुण गाउँपालिका ४ का विनोद राई,वडा नं ५ का राजेन्द्र राई, र वडा २ का शुक्र राईले सामग्री पार्टी मातहत प्रदान गरेको पार्टी सचिव कुमार थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार