टिकटक प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न भएको छ । हाल १५ सेकेण्ड र बढिमा एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेटसम्म पोष्ट गर्न दिने भएको छ ।
टिकटकको परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउने टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोस्टमा भनेका छन्। सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा फरक राख्दै आफ्नो प्लाटर्फममा पोस्ट गरिने भिडियोको अधिकतम लम्बाई एक मिनेट कायम गर्दै आएको छ ।
आगामी हप्ताभित्रमै सबै प्रयोगकर्ताका लागि भिडियो लम्बाई ३ मिनेट बनाइएको फिचर उपलब्ध हुने ब्लग पोस्टमा उल्लेख गरिएको छ ।
धेरै प्रयोगकर्ताहरुले टिकटकमा केही समय थप होस् भन्ने इच्छा व्यक्त गरेका हुँदा पछिल्लो परिवर्तन गरिएको टिकटकले उल्लेख गरेको छ ।
टिकटकमा रहेका रहेका धेरै लोकप्रिय भिडियोहरु समयको पावन्दीका कारण टुक्राटुक्रामा पोस्ट गरिएको अवस्था रहेको परिप्रेक्ष्यमा भिडियोको लम्बाईलाई तीन मिनेट बनाउने कार्यले उक्त समस्याको समाधान गर्ने टिकटकको ब्लग पोस्टमा उल्लेख छ ।
तथापि कतिपयले भने लामो भिडियोहरु पोस्ट गर्न मिल्ने गरी परिवर्तन गर्दा टिकटकको लोकप्रियतामा नाटकीय गिरावट आउनुसक्ने चेतावनी दिएका छन् । लामो भिडियोहरु पोस्ट गर्न मिल्ने अन्य थुप्रै लोकप्रिय प्लाटर्फमहरु विद्यमान रहेको अवस्थामा टिकटकलाई पनि त्यस्तै बनाउँदा त्यसले टिकटकको सफलता र लोकप्रियतालार्य फिक्का बनाउने खतरा छ ।
तर भिडियो लम्बाइलाई बढाएर तीन मिनेट पुर्याउने कार्यमा संलग्न टिकटकको टिमसँग भने यस्तो परिवर्तनका पछाडि प्रष्ट उद्धेश्य छ ।
टिकटक पोस्टमा भनिएको छ – लामो आकारको भिडियोहरुसँगै समयको लचिलोपना हुनेछ र सर्जकहरुलाईे नयाँ तथा विस्तारित सिर्जना गर्नका लागि क्यानभास उपलब्ध हुनेछ ।
बीबीसीको सहयोगमा