भाेजपुरमा करेन्ट लागेर एककाे मृत्यु


भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन भएको जिल्ला  प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ ।

षडानन्द नगरपालिका-४, काभ्रेमा मालबाहक एलपी गाडीबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा पोलले विजलीको तार छोएपछि अचानक करेन्ट लागेर राईको मृत्यु भएको थियो ।

उनलाई उपचारको लागि प्राथमिक स्वस्थ्य केन्द्र, मुलपानीमा ल्याइएको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि खाँदबारी लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार