अरुण गाउँपालिकाका कृषकलाई कृषि सामग्री वितरण


भोजपुर । अरुण गाउँपालिका –३ प्याउलीका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ । एभोकाड ब्लक विकास कार्यक्रम मार्फत कृषक समूहका १० जना कृषकहरुलाई मिनिटिलर, हिल ट्याङ्क, पाइप लगायत कृषी सामग्री वितरण गरेको समुहका अध्यक्ष गजेन्द्र बहादुर श्रेष्ठले बताए ।
वितरण कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्र प्रसाद यादवले पछिल्लो समय युवाहरु कृषि प्रति उत्साहित भएको र आगामी दिनमा जिल्लालाई नै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताए ।
त्यस्तै, स्थानीय युवाहरुमा कृषी व्यवसाय प्रतिको चासो बढेको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले बताए । खड्काले भने, जिल्ला भरीका कृषि फर्म, कृषक, कृषी समुह, सहकारीहरुले कृषिलाई व्यवसायीकरण गर्दै आएको समेत जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार