धरान । घरको छतबाट खसेर महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको ज्यान गएको छ । शनिबार दिउँसो इटहरी–२० तरहरामा आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो ।
मृतकको शव मुचुल्का उठाएर प्रहरीले वीपी प्रतिष्ठान धरानको मर्चरीमा लगिएको छ । मृतक श्रीमतिको साथमा घरमा बस्दै आएका थिए । उनका २ जना छोरा बुहारी अमेरिकामा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । उनका एक छिमेकीका अनुसार पाइपबाट पानी लिकेज भएपछि हेर्न जाने क्रममा घरको तेस्रो तला (छत)बाट चिप्लिएर खसेको र घटनास्थलमा नै मृत्यु भएको इटहरीका डिएसपी अर्जुन केसी बताए । डिएसपी केसीले भने, पाइप हेर्न जाने क्रममा चिप्लिएर खस्नु भएछ, टाउको पछाडि भुईमा बजारिएछ प्रहरीले जनाएको छ ।
मृतक राई भुमी सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सुनसरीका विज्ञ सदस्य रहेका थिए । उनी मृतक किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन् । उनी २०४७ देखि २०५३ सम्म २ कार्यकाल सचिवकोरुपमा रहेका थिए । उनी हाल यायोक्खा सुनसरीको सल्लाहकार थिए ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । राईको एक श्रीमती, दुई छोराहरू रहेका छन् ।