भोजपुर । जिल्लामा जारी लकडाउन आगामी असार ३१ गते सम्म थप गरिएकाे छ । असार १७ गते विहिबार राती १२ बजेसम्म जारी लकडाउन जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले असार ३१ गते सम्म थप गर्ने निर्णय गरेको हो ।
लकडाउनको बेला खाद्यान्न, माछा मासु, अण्डा, ग्यास, दुध लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु र फेन्सी कपडा, किराना, इल्ट्रोनिक्स, कस्मेटिक, टेलरिङ लगायत विकास निमार्णका सामग्री विक्रि वितरण गर्ने पसलहरु विहान ६ बजेदेखी १२ बजेसम्म खुल्ला गरेको प्रमुख जिल्ला अधिकारीकृष्णप्रसाद भण्डारीले बताए ।
होटल, रेष्टुरेन्ट, चमेना गृह, चिया नास्ता पसलहरु भने विहान ७ बजेदेखी १० बजेसम्म र बेलुका ५ बजेदेखी ७ बजेसम्म खुल्ला गर्न पाइने छ ।
त्यस्तै, सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमीनार, सभा सम्मेलन, जात्रा, पर्व, सांस्कृतिक कार्यक्रम, खेलकुद, कपाल काट्ने सैलुन, ब्यूटिपालर, कबर्डहल, जिमखाना लगायत भिडभाड हुने सार्वजनिक स्थलहरु भने पुर्ण रुपमा बन्द गरीएको छ । जिल्लामा अहिले सम्म नयाँ भेरियन्टको कोरोनाबाट ९ सय ८५ जना संक्रमीत भएका छन भने ६ सय ३१ जना संक्रमण मुक्त भएका छन् ।
निर्णयहरू हेर्नुहाेस् ।