विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले यति बेला शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारीको अन्त्य कहिले हुन्छ र बिगतमा जस्तै सहज रुपमा पठनपाठन अगाडी बढाउने अवस्थान देखिएकाले चुनौतीको विचमै अवसर खोज्न आवश्यक छ ।
शिक्षा क्षेत्रका संवाहक मानिएका शिक्षकहरुलाई मर्यादा क्रममा नराखिनु ,कोरोना भ्याक्सिन उपलब्ध नगराउनुले पनि राज्यले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण नजर अन्दाज गर्न सकिन्छ । सयौँको संख्यामा शिक्षकहरुले मृत्युवरण गरी सक्दा पनि भ्याक्सिन उपलब्ध गराउनको सट्टा बजेट विनियोजनमा अन्य कर्मचारीको तुलनामा विभेद गरिनुले शिक्षक समुदाय नै निराशाजनक हुनु स्वभाविकै हो । यसो भनेर सम्पूर्ण दोष सरकारलाई थुपार्ने मात्र हैन सकारात्मक कुराहरु हेर्दा सरकारको बैकल्पिक माध्यमबाट पठनपाठनलाई अगाडी बढाउने नीति समय सान्दर्भिक छ । निजी विद्यालयहरुले विभिन्न विकल्पहरु खोजी पठनपाठन कार्य जारी राख्दा आंशिक मात्रमा मात्र सामुदायिक विद्यालयहरु अग्रसर छन् तर अरु सामुदायिक विद्यालय निश्क्रिय बस्नुले समाजमा आलोचनाको पात्र बनिरहेको अवस्था सोचनीय विषय रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत आपुर्ती नियमित गर्नु, टेलिकमले नेटवर्किङ् सेवामा नियमितता गर्नु, छपाई केन्द्रले समयमा पाठ्यपुस्तक छपाई गर्नु, स्थानीय निकायले समयमा पाठ्यपुस्तकको रकम निकासा गर्न, विद्यालयहरुले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउनु आवश्यक छ ।
यस्तो अवस्थामा खोप खरिद र स्वास्थ्य सम्बन्धि सचेतनामा बजेटलाई केन्द्रित गरी शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि तालिम दिई दक्ष बनाउन आवश्यक छ । यसो भएमा बन्दाबन्दी नै भईरहे पनि केही मात्रामा भएको श्रोत साधनप्रयोग गरी सिकाईलाई निरन्तरता दिन सकिन्छ । अन्य सरकारी निकाय तथा सेवा प्रदायक संघ संस्थाहरुले पनि आफ्नो भूमिका जिम्मेवारीबोधका साथ गर्न आवश्यक छ । नेपाल विद्युत प्राधिकरणले विद्युत आपुर्ती नियमित गर्नु, टेलिकमले नेटवर्किङ् सेवामा नियमितता गर्नु, छपाई केन्द्रले समयमा पाठ्यपुस्तक छपाई गर्नु, स्थानीय निकायले समयमा पाठ्यपुस्तकको रकम निकासा गर्न, विद्यालयहरुले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउनु आवश्यक छ । सामाजिक सञ्जालहरुमा अनलाइन गेम, अस्लिल भिडिया, अनावश्यक विज्ञापन र फेक न्यूजहरु पोष्ट नगरी सन्देशमूलक र ज्ञानबर्धक विषयवस्तु प्रसारण गरे यसबाट पठनपाठनलाई अवश्य टेवा पुग्नेछ ।
शिक्षक कर्मचारीले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने, आफूले प्राप्त गर्ने सेवासुविधा मात्र नहेरी सेवामूलक कार्यहरु पनि गर्ने, सरकारको मुखमात्र ताक्नको सट्टा सकेसम्मका संयन्त्र प्रयोग गर्ने र संभावनाको खोजी गरी सम्बन्धित निकायलाई रचनात्मक सुझाब र सहयोग गर्न सकिन्छ भने नेट, टिभी, रेडियो, फोन आदिमा क–कस्को पहुँच कस्तो छ भनी आफ्नो विद्यालयको सर्वेक्षण गरी समूह निमार्ण गरी नेटको पहुँच हुनेको समूह निर्माण गरी उनीहरुलाई जुम, टिम्स आदिबाट शिक्षण गर्न सकिन्छ भने टिभी र रेडियो हुनेलाई पठनपाठन हुने समय तालिका उपलब्ध गराएर पढ्न लगाउन सकिन्छ भने मोवाइल मात्र हुनेलाई मोवाइलबाट पठनपाठन गर्न सकिन्छ । मोवाइले पनि नहुनेहरुलाई नहुनको कारण सोधी किन्न प्रोत्साहन गर्ने र किन्न पनि नसक्नेलाई तथ्याङ्कका आधारमा कुनै दाताखोजी गरेर अनि कसैका एक्स्ट्रा सेट भएमा चलाउन दिन अनुरोध गरिदिन पनि सकिन्छ ।
विद्यार्थीहरुले पनि समय–समयमा विद्यालयका शिक्षकहरुसँग फोन सम्पर्क गरी आफ्ना समस्याहरु राख्ने, भईरहेका नविनतम गतिविधिकाबारेमा जानकारीका लागि उत्सुक रहन सकिन्छ भने अभिभावकहरुले आपm्ना छोराछोरीका गतिविधिकाबारेमा शिक्षकहरुसँग जानकारी गराउन सकिन्छ र शिक्षकले दिएका कार्यहरु गर्न प्रोत्साहन गर्नुपर्छ । हाम्रो देश भौगोलिक विकटता भएको त्यसमा पनि मौसम प्रतिकुलताको अवस्था छ । आधुनिक प्रविधिको विकास र प्रयोगमा कठिनता छ तर त्यसको बाबजुद पनि लाभलिन कोसिसगर्नुपर्छ ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले विद्यालय शिक्षाका शिक्षक विद्यार्थीका लागि सिकाई सम्पर्क कायम गर्न कक्षा–४ भन्दामाथिका विद्यार्थीहरुलाई निःशुल्क पाठशाला सिम ऋयिकभम ग्कभच न्चयगउ ९ऋग्न्० माआबद्घ गर्ने योजनाल्याएको छ । यसको सहजीकरण गर्ने कार्य प्रबिधिमैत्री शिक्षक समाज, नेपाललाई दिएको छ ।
यस प्रविधिमैत्री शिक्षक समाज, नेपालले विगत समय देखि शिक्षकहरुलाई निशुल्क कम्प्युटर तालिम संचालन गरिरहेको र शिक्षा क्षेत्रमा प्रविधिको प्रवेश गराउने उल्लेखनीय कार्य गरीरहेको हुनाले यस संस्थाको उच्चतम मूल्यांकन गर्न र हौसला प्रदान गर्न आवश्यक छ । यसरी प्रविधिमार्फत सबै अघि बढेमा कोठा मै बसेर पनि सिकाई हुने हुनाले पठनपाठनलाई आशिँक रुपमा भए पनि अगाडी बढाई चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्न सकिन्छ ।
(लेखकः श्री जनकल्याण आधारभूत विद्यालय, भोजपुर ९, काफ्लेका शिक्षक हुनुहुन्छ)