भोजपुर सदरमुकाम समेत रहेको नगरपालिका भौगोलिक हिसावले मध्यपमहाडी क्षेत्रमा पर्छ । यस क्षेत्रलाई मध्यकालिन पूर्व ४ नम्बरको किल्ला भनेर पनि चिनिन्छ । ६८.४ वर्ग कि.मि. क्षेत्रफलमा रहेको भोजपुर नगरपालिकाको सिमानामा पश्चिमा टेम्केमैयुङ गाउँपालिका, उत्तरमा षडानन्द नगरपालिका, दक्षिणमा रामप्रसाद राई गाउँ र पूर्वमा पौवादुङ्मा गाउँपालिका रहेका छन् ।
विभिन्न भाष संस्कृतिसँगै पर्यटकिय क्षेत्रको समेत सम्भावना रहेको यस नगरपालिकाको प्रमुखमा २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कैलास कुमार आले मगर निर्वाचित हुनुभयो । नगर प्रमुख आलेसँग स्थानीय विकास र समसामयिक विषयमा नागरिकआवाजले गरेको कुराकानी सारसंक्षेपः
स्थानिय तहलाई अधिकार र स्रोत सम्पन्न वनाए पनि अपेक्षा अनुसारको काम नभएको गुनासो आउने गरेको छ । तपाईको अनुभवमा के छ ?
हाम्रो स्थानिय सरकारलाई अधिकार जति मात्रामा दिनुपर्ने हो । त्यति मात्रमा चाहि नदिएको हो । तथापि पनि हामी जुन अधिकारहरु दिईएको छ । त्यहि अनुसारको काम भएको छ । जुन गुनासो आएको छ म चाहि निर्धक्क भएर भन्छु । हाम्रो नगरपालिका भित्रका जनताले चाहि मलाई त्यत्रो गुनासो गरेको देख्दिन ! किन भन्दा जनताले जुन कुराको अपेक्षा गरेको थियो । त्यो अनुरुपका काम हामीले गरेका छौ ।
समग्रमा मैले अरु पालिकाहरु सँग तुलना गरेको हैन तर समग्रतामा सवै ९ वटै स्थानिय तहमा काम भएको अनुभव गरेकोछु । तर म निर्धक्कका साथ भन्छु भोजपुर नगरपालिकामा अन्य आठ पालिका भन्दा धेरै नै काम भएको मैले महसुस गरेको छु । त्यहि भएर होला मलाई चाहि जनताको गुनासो आएको छैन ।
पछिल्लो समय देश संघियतामा गैसकेपछि यस नगरपालिका जनताले के फरक कुराको अनुभुति गर्न पाए ?
वास्तवमा जनताले विकास निर्माणमा २० वर्षसम्म नभएको काम अहिले हामी चार वर्षको हाराहारीमा दौडी रहेकाछौ । यो विचमा धेरै काम भएकाछन् । उदारणको रुपमा हाम्रो नगरपालिका भित्र पनि चार वटा वडाहरुमा विद्युत थिएन । अहिले १२ वाटै वडामा विद्युत विस्तार सम्पन्न गर्न लागी सकेका छौ । अव दुईवटा वडामा पनि ६० प्रतिशत काम सम्पन्न भैसकेको छ । अव अन्तिम चरणमा छ र उज्यालो नगरपालिका घोषणा गर्ने तयारीमा छौ । जस्तै, यता खानेपानीमा हामी आइकना केहि हप्ता भित्रमा हाम्रो एकल पहलले तेस्रो साना शहरी खानेपानी योजना सञ्चालनमा आउदैछ । करिव ६९ करोडको खानेपानी योजना सम्पन्न हुदैछ ।
त्यस्तै हामीले करिव ९० करोड वरावरको ढल व्यवस्थापनमा सम्झौता गरीसकेका छौ । त्यस्तै वाटोको कुरामा प्रदेशले वनाए पनि माथि केन्द्रले वनाए पनि यो नेपाल सरकार कै हो । यो भोजपुर नगरपालिका भित्र भएको काम पनि नेपाल सरकार जनताकै पैसा हो । अहिले भोजपुर एयरपोर्ट सडक कालोपत्रे भएको छ । मेरो एकल पहलमा भोजपुर वोखिम हुदै कोट जाने वाटोमा कालोपत्रे काम शुरु भैसकेको छ । अन्य वाँकीको पनि सर्भे भैसकेको छ ।
वाटो विजुली कृषिको क्षेत्रमा हामीले अनुदानका राहतका कुराहरुमा हामीले छिटो छरितो रुपमा अनि विकास निर्माणमा मात्रहैन सुशासन तथा स्वास्थ्य क्षेत्रमा पनि हामि उतिकै अगाडि छौ पहिला एउटा अहेव अनमिको भरमा स्वास्थ्य संस्थाहरु चलाउनु पर्ने वाध्यताहरु थिए । तर अहिले हामिले प्रत्येक वडाहरुमा एक जना एच. ए, दुई जना अहेव, दुईजना अनमि र एउटा कार्यालय सहयोगी कर्मचारीहरु पूरा गरेकाछौ ।
स्वास्थ्य संस्थावाट जनताले पाउने निःशुल्क औषधि छ जुन अप टु डेट गरेकाछौ । योसगै प्रशासनमा पनि छिटो छरीतो काम भैरहेकोछ जसका कारण पनि जनताले विकास निर्माण सगै सुशासनमा समेत पहिलेको भन्दा फरक अनुभुति गर्न पाएकाछन् ।
प्राथमिकत आधारमा हेर्ने हो भने तपाइको नगरपालिकाले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरीरहेकोछ ?
अहिले हामिले ग्रामिण विद्युत विस्तारको लागि अलि वढि वजेट विनियोजन गरेका छौ । किन भने विद्युतले सवै वडा टोलहरुमा लाईन पु¥याउनु पर्ने हो । तर विद्युत प्राधिकरणको लाईनै पर्खेर वस्ने हो भने अझै १०, १५ वर्ष लाग्ने रहेछ । यता, प्रत्येक जनताको माग विद्युत भएकाले हामीले विद्युतको कामलाई प्राथमिकता दियौ नगरपालिकाले अहिले लगभग साढे आठ करोड रुपैया चाहि विद्युतमा लगानी गरेको छ । अर्काे वर्षबाट विद्युुतमा छैन अव हामी वाँकी गाउँ–गाउँका खानेपानी र सडकलाई हामीले प्राथमिकतामा राखेका छौ ।
विद्युतलाई प्राथमिकतामा राखेर काम गरी रहदाँ उज्यालो नगर घोषण कहिले गर्नुहुन्छ ?
अव हाम्रो चाहि यहि वर्ष हुने हो । उपभोतmा समितिले गर्दा विवाद हुने भएकाले यो अलिक गाह्रो काम भएकोले हामीले चाहिनौ र अन्य पालिकाहरुले उज्यालो घोषणा गरेपनि विद्युतको नाममा मुद्दाहरु परेको सुन्न आकोछ । तर हामीले चाहि यसलाई टेण्डर मार्फत जाँदा अलि ढिला भएको छ । आगामी वर्ष चाहि हामी उज्यालो घोषण गर्ने तयारमिा लागेकाछौ ।
तपाईको नगरपालिकामा पर्यटन सम्भावना वोकेका धेरै स्थानहरु छन् यसको संरक्षण तथा प्रवद्र्धनका लागि के कस्ता योजना ल्याउनु भएको छ ?
यस नगरपालिकामा धेरै पर्यटनको सम्भावना वोकेका स्थानहरु त छन् । तरपनि हामिले अहिले तत्काललाई तिन वटा स्पोर्टलाई छानेकाछौ । जुनठाउँमा तत्काल लगानी गरी हाल्नुपर्छ भनेर भोजपुर नगरपालिका–१० अरुणडाँडा, वडा ९ कैलाशडाडा र वडानम्वर ५, ४,२ र १० को सिमानामा पर्ने सुन्तले वाघखोरलाई चाहि हामीले अहिले नगरपालिकाको पर्यटन क्षेत्रको रुपमा अगाडि वढाई रहेकाछौ ।
अहिले हामीले पर्यटनका लागि वाल उद्यायन केन्द्रदेखि टावर वनाउने कामहरु भैरहेकाछन् कैलाश डाँडामा शिवको १० फुटको अग्लो मुर्ति वनाउने काम भैरहेकोछ । त्यस्तै ५४ फिट अग्लो गोरखनाथ बाबाको मुर्ति वनाउन पनि शिलान्यास गरीसकेकाछौ । किनकी, यसलाई चाहि हामीले धार्मिक पर्यटनका लागि अगाडि वढाई रहेकाछौ ।
त्यस्तै, गौतम वुद्धको मुर्ति वनाउन लागेकाछौ । अनि सुन्तलेको थामडाँडादखि वाघखोरसम्म चाहि हामीले भ्यू टावर र वुद्धको मेरीटेसन गर्ने हल लगायतको स्तुपा वनाउने र यो एउटा माझ किरात भएकाले एउटा यलम्वरको मुर्ति र पार्क वनाउने त्यस्तै वाघखोरमा नाम विशेषले खोर भित्र वाघ भएको स्तुपा वनाउने तयारीमा छौ । र जुन निर्माणपछि पर्यटनलाई थप टेवा पुग्ने छ ।
मुलत यस नगरपालिकाका वासिन्दाहरुको मुख्य पेशा कृषि नै हो । कृषि क्षेत्रको विकासका के कस्ता अवधारणाहरु ल्याउनु भएको
छ ?
हामीलाई कोभिडका कारणले पनि सवैभन्दा भरपर्दाे आम्दानी र पेशा भनेको कृषि हो भन्ने करा सिकाएको छ । अहिले विदेशमा भएका हाम्रा दाजुभाईहरु पनि गाउँघर आएर वाझो वारी फारेर कृषिमा लागेको अवस्था छ । म पनि एउटा किसानको छोरो भएको कारणले र नेपाल भुपरीवेष्ठित राष्ट्र भएका कारणले पनि यहाँको मुख्य पेशा कृषि हो । यतिवेला पनि खाद्यान्न लगायत अन्य सामग्री छिमेकी देशबाट भित्रिने गरेको यसले नेपालको करोडौ रुपैयाँ वाहिरी रहेको छ । तर अव भोजपुर नगरपालिकाका नागरिकहरुले चाहि वाहिरबाट खाद्यान्न, पशु, तथा मासुजन्य वस्तुहरु वाहिरवाट खरीद गर्न नपरोस भनेर हामीले अहिले कृषिलाई मुख्य आधार वनाएर लागेकाछौ ।
कृषिलाई नमुना मेयर कार्यक्रम ल्याएकाछौ जुनबाट हामीले अनुदान वीउविजन दिने गर्दै आएका थियौ । तर, यतिले मात्र कृषिमा नपुग्ने भएपछि अझ उजागर गर्न अहिले हामीले किसान क्रेडिट कार्ड भन्ने कार्यक्रम ल्याएकाछौ । यसवाट चाहि पहिलो चरणमा २ लाख सम्म र विस्तारै ५० लाखसम्म विना धितो सहुलियत दरमा ऋण दिने कायर्यक्रमा ल्याएकाछौ, र यसरी कृषिलाई अगाडि वढाई रहेकाछौ ।
कृषिका कुरा गरी रहदाँ किसानलाई समस्याको रुपमा रहेको जङगली जनावरको आतङक रहेको छ यसको समाधानका लागि नगरपालिकाले के गरिरहेको छ ?
हामीले वाली संरक्षण भनेर हामीले वजेट पनि निकालेका थियौ । तर कुनै पनि जनावरहरुको वाच्न पाउने अधिकार रहन्छ । र हामीले कुनै पनि जनावरलाई उसको वाच्न पाउने अधिकारको हनन गर्न मिल्दैन र अहिले हामीले वाँदरलाई पनि खेदेर साध्य नहुने रहेछ । अव नयाँ प्रविधिबाट यसलाई अगाडि लानुपर्छ भनेर हामीले स्थानिय तहको भन्दा पनि यो एउटा ठुलो समस्या हो । त्यसकारण यसको लागि राज्य नेपाल सरकार नै लागि पर्नुपर्छ ।
यो वाँदर आतङक भोजपुरमा मात्र हैन यो देश व्यापी समस्या हो । यसको समाधानका निम्ति सदनभित्र नै कुरा चलिरहेकाले यसको विकल्प खोजिनु पर्छ भन्ने हो । तथापि पनि तत्काललाई हामी वाली संरक्षणका निम्ति केहि नभए पनि बाँदर धपाउनका लागि हामीले सामान्य नयाँ प्रविधि निस्किएको छ अरे यो पटेका जस्तो पड्काउने त्यो पड्काएर भए पनि हामीले किसानलाई वाँदर धपाउन सहजताका लागि टोलटोलमा एकएक वटा दिएर भएपनि हप्ता दश दिनचाहि भाग्छन अरे र यसको प्रयोगबाट भगाउनका लागि हामीले यसको प्रयोग गर्न लागेकाछौ ।
वाँदरका दुख तथा अन्य विविध कारणले पनि कुनैवेला सुविधा सम्पन्न ठाउमा वसाइँ जानेको लहर नै थियो । अहिले कस्तो छ ?
पहिला जति थियो अहिले त्यति छैन । सुविधा भोगि त मान्छे भैनै हाल्छन समय सापेक्षित समय अनुसार विकासको उपभोगका लागि अलिकति सुगम ठाउँ जाने भैहाल्छन् । तथापि वाध्यताले जानुपर्ने अवस्था नआओस भनेर भोजपुर नगरपालिकाले किसान मुखि कार्यक्रमहरु ल्याएका छौ ।
खानेपानीका कारण वसाइँ जानुपर्ने वाध्यतामा रहेका ठाउँहरु हामीले पहिचान गरेर त्यस्ता ठाउँमा खानेपानी ठाउँ–ठाउँमा पु¥याइ दिएकाछौ । र वाटो ठाउँ–ठाउँमा पुगेका कारणसगै उत्पादन र वजारीकरणको व्यवस्थाका कारण पनि वसाइँ जाने संख्या न्यून छ ।
तपाईले चुनाव ताका जनताहरु माझ गर्नु भएको वाचा के कति पुरा भए र कति बाँकी छन् ?
भोजपुर नगरपालिका भित्रमा तपाईहरुले पनि हेर्न सक्नुहुन्छ । मेरो घोषणा पत्रमा भनेको भन्दा वढि काम भएकोछ । म यस्तो व्यक्ति हो घोषणापत्रमा भने भन्दा वढि काम गर्ने यो पुष्टि भएको कुरा हो ।
यो कुनै फेक हो भन्ने लाग्छ भने घोषण–पत्र अझै छ । म अहिले घमण्डका साथ भन्छु । मैले सय वटा माग राखेको थिए भने काम एकसय पच्चिस भएको छ । घोषण–पत्र भन्दावढि काम गर्ने स्थानियतहको प्रमुख हुँ भनेर भन्नसक्छु ।
कार्य सम्पादनको सिलसिलामा कर्मचारीहरुको सहयोग कस्तो पाउनु भएको छ ?
यो त नेतृत्व गुणा पनि हुनसक्छ । म त उउटा नियम कानुनमा वसेर काम गर्ने मान्छे भएकोले म निति नियम भन्दा वढि जवरजस्ती पेल्दिन । अन्य स्थानियतह हरुमा नमिल्दा कति कर्मचारीहरु भागेको कुराहरु पनि आएको छ । तर म त्यरी पेल्दिन र निति नियममा रहेर हाजिर सम्म चेक गर्छु‘ । उनिहरु रिसाउदैनन पनि र म आएको चार वर्षहुदाँसम्म कुनै कर्मचारीले असयोग गरेको अनुभव भएको छैन ।
शुरुसुरुमा कर्मचारीको अभावका कारणले गर्दा जनतालाई छिटो छरीतो सेवा प्रवाह गर्न सकेनौ होला तर मलाई कर्मचारीले नियतवस असहयोग गरेको महसुस छैन ।
वढ्दो शहरीकरण र विकासको उपभोगसँगै वसाइँ–सराइँ गर्ने क्रममा भोजपुर नगरपालिका विशेष सदरमुकाम पनि भएका कारण संरचना निर्माण कार्यहरु भैरहेकोछ । वैज्ञानिक वजार व्यवस्थापनका लागि यहाँको नगरपालिकाले कस्तो अवधारणा
ल्याउनुभएको छ ?
हामीले एकीकृत वस्ति वसाउने कुरा भैरहेको छ । अझ मेरो त केछ भने । जहाँ उव्जनी हुदैन डाँडा रुखो ठाउँको क्षेत्रमा चाहि वस्ति विस्तार गर्नुपर्छ भन्ने योजना वनाएकोछु, जुन मेरो घोषणा पत्रमा समेत छ । र हामीले पाहारपानीदेखि सुन्तले वाघखोरसम्म डाडैडाँडा वस्ति वसाउने र खेती योग्य ठाउँमा चाहि हामीले खेती नै गर्नपर्छ भनेर लागेकाछौ । नगरपालिकाले कानुन वनाएका छौ । त्यहि आधारमा वाहेक अलपत्र वस्ति चाहि वस्न दिएको छैन ।
भोजपुर जिल्लाकै एकमात्र नमुना वसपार्क यहाँ कै नगरपालिकामा निर्माणको चरणमा छ । यो वसपार्क कहिले सञ्चालनमा आउँछ ?
यो चाहि ठुलो योजना हो । कसैले गर्न नसकेको काम हो यो । अहिले हामी स्थानिय तहलाई सानो वजेट छ काम गर्र्नुपर्ने धेरै छ । वर्षेनि थोरै पाँच, आठ, दशलाख रुपैया हाल्दै आईरहेकाछौ । भर्खरै पनि हामीलाई नगर विकास कोषले पनि एउटा योजनाको बैठक वोलाई रहेको छ त्यहाँ पनि हामी यसलाई छानेकाछौ । अव अन्तिम वर्ष चाहि अव काम सकेर वसपार्क सारेर विदा हुने विचारमा छौ । अरु कतैवाट पनि वजेट नआए पनि हामी जेजति सक्छौ यसलाई सकेर वसपार्क चाहि सारेरै छाड्छौ ।
नगरपालिकाको प्रमुख वनेर कार्य सम्पादन गरीरहँदा अन्य राजनितिक दलको सहयोग कस्तो पाउनु भएको छ ?
मैले समन्वय सहकार्य गरेको छु । म एउटा यस्तो व्याक्ति हो । म सवै राजनितिक दलहरुलाई र हारेको मेयरहरुलाई पनि वोलाएर मलाई फिडव्याक दिनुस म कहाँ कसरी सच्चिनु पर्ने के कस्ता कार्यक्रम वनाउनु पर्ने सल्लाह सुझावका लागि नगरसभा वस्नु भन्दा अगाडि हामी उहाँहरुसँग वसेर छलफल गरेर र आएका सुझाव अनुसार कार्यक्रम वनाएर पनि होला मलाई कुनै राजनितिक पार्टीका साथिहरुले विरोध गर्नुभएको छैन । र सहयोग नै गर्नु भएको छ ।