‘चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएको ठट्यौलो कथा हो यो ।
विषय वा प्रसंग जेसुकै होस्, यो आलेख भने चार्ली च्याप्लिनमा केन्द्रित छ । वास्तवमा चार्ली च्याप्लिन विश्वकै महान हास्य अभिनेता हुन्, सर्वकालीन । उत्कृष्ट हास्य(विनोद एवं मौलिक शैलीले उनलाई अजम्बरी बनाएका छन् । संवादरहित एवं मूक फिल्मको युगमा सबैभन्दा रचनात्मक र प्रभावशाली व्यक्तित्व थिए उनी ।
‘च्याप्लिन स् अ लाइफ’ नामक पुस्तकको समीक्षामा मार्टिन सिएफ्फले लेखेका छन्, ‘च्याप्लिन ठूला मात्र थिएनन्, विराट थिए ।’ पहिलो विश्वयुद्धपछि विश्व जसरी आतंकको छायाँमा काँपिरहेको थियो, त्यही बखत चार्ली च्याप्लिन हास्य(विनोदको राहत प्याकेज लिएर प्रकट भएका थिए । उनले आफ्नो जीवनकालभर विश्वलाई स्वस्थ मनोरञ्जन दिइरहे । चाहे त्यो महामन्दीमा होस् वा हिटलरको चरम युगमा । सिनेमाको पर्दामा उनी बोलेनन् । नबोलेरै पनि सबैलाई हँसाए, आफ्नो रसिक भावभंगीको भरमा । ‘स्ल्यास्टिक कमेडी’बाट उनले आफूलाई महान हास्य अभिनेताको रुपमा स्थापित गरे ।
कष्ट र अभावको धरातलबाट उठेर उनी कसरी विश्वभर कहलिए रु हास्य(कलाकारिताको विराट आयामलाई कसरी स्थापित गरिदिए रु
यसरी सुरु हुन्छ उनको कथा
उनको पूरा नाम स् चार्ली स्पेन्सर च्यापलिन । जन्म स् १६ अप्रिल १८८९ । जन्मस्थान स् लन्डन, इंल्यान्ड ।
च्याप्लिन कलाकारिताकै पृष्ठभूमिमा हुर्किए । उनका पिता चार्ल्स स्पेन्सर च्याप्लिन र आमा हैना च्याप्लिन सिनियर म्युजिक हलमा गाउने र अभिनय गर्ने गर्थे । सुरुवाती तीन वर्षलाई छाडेर चार्ली च्याप्लिनको बाल्यकाल एकदमै कष्टदायी रह्यो ।
चार्ली सानै छँदा आमा मानसिक रोगको सिकार भइन् । उनी सक्रिय रुपमा काम गर्न असमर्थ थिइन् । एकपटक थिएटरमा गीत गाइरहँदा उनको स्वरमा समस्या आयो । उनको यो कमसल प्रदर्शनपछि दर्शकहरु भड्किए । उनीहरुले मञ्चमा बोत्तल लगायतको झटारो हान्न थाले । चार्लीकी आमा घाइते भइन् । उनलाई मञ्चबाट लखेटियो ।
स्थिति भद्रगोल भयो । अन्ततः प्रबन्धकले यो स्थितिलाई सम्हाल्न, चार्ली च्याप्लिनलाई मञ्चमा उतारे । जबकि यतिबेला चार्ली मात्र पाँच वर्षका थिए ।
बालक चार्ली मञ्चमा प्रकट भए । अनि त्यसबखतका चर्चित धुन ‘ज्याक जोन्स’ गाए ।
के भनिन्छ भने, त्यसबेला चार्लीले आफ्नै लवजमा आमाको गीतको नक्कल गर्न थाले । यो देखेर दर्शकहरु मस्त हाँस्न थाले ।
संभवतस् उनको बाल मनोविज्ञानमा कस्तो छाप पर्यो भने, असलीमा जुन कुरा दुःखदायी हुन्छ स्टेज र फिल्ममा त्यही कुरा हास्य(मनोरञ्जन बन्न पुग्छ । यही कारण चार्लीले हास्य कलाकारिताको फेरो समाएर फिल्ममा दुःख, दरिद्रता, एक्लोपन, अभाव,बेरोजगारीको चित्रण गरिदिए ।
वास्तवमा चार्लीको जीवन पनि दुःखबाटै सुरु भएको थियो । उनी तीन वर्ष नपुग्दै आमा र बुवा अलग भएका थिए । पछि आमालाई जटिल मानसिक रोगले च्याप्यो । उनलाई पागलखानामा पुर्याइयो ।
चार्ली आफ्ना पिता र सौतेनी आमासँगै बस्नुपर्ने भयो । पिता स्वयम् रक्सीको अम्मली थिए । चार्ली १२ वर्षको हुँदा उनका पिताको रक्सीकै कारण मृत्यु भयो । यसरी कलिलै उमेरमा उनले आमा र बुवाको सामीप्य गुमाए । यसपछि चार्ली च्याप्लिन र उनका सौतेनी भाइले संघर्षमय दिनहरु गुजारे ।
सन् १८९७ मा चार्ली च्याप्लिनले आफ्नी आमाकै कन्ट्र्याकको उपयोग गर्दै आफ्नो पेशा अगाडि बढाउने योजना बनाए । तर, जति प्रयास गरे पनि यसमा उनी सफल भएनन् । सानोतिनो काम गरेर पनि गुजारा गर्ने प्रयास गरे । १० वर्षको उमेरमै उनले पढाइ छाडे । किनभने चार्ली र उनका सौतेनी भाइका लागि जरुरी थियो कि, स्वयंका लागि गुजाराको प्रबन्ध मिलाउनुपर्ने ।
त्यसबेला उनी १२ वर्षका थिए । तब एक लेजिटिमेट मञ्चको कार्यक्रममा नाटक देखाउने मौका पए । र, ‘शर्लाक होम्स’ मा विलियम जिल्लेटका सहयोगमा पेज ब्वाईको रुपमा उपस्थित भए । यसपछि सन् १९०८ मा चार्लीले भाउडेभिलमा हास्य कलाकारको रुपमा करियर सुरु गरे, जसले आखिरमा संयुक्त राज्य अमेरिकाको ‘फ्रेण्ड कार्नो रिपरटोरी कम्पनी’को प्रधान अभिनेता बनाइदियो ।
अमेरिकी दर्शकमाझ उनी चाँडै लोकप्रिय भए । खासगरी ‘अ नाइट इन एन इंग्लिस म्युजिक हल’ मा निर्वाह गरेको चरित्र चित्रण औधी रुचाइयो ।
सन् १९१२ मा फ्रेण्ड कार्ने कम्पनी दोस्रोपटक अमेरिका टुरमा गएको बखत उनलाई मोसन पिक्चरमा अनुबन्धका लागि प्रस्ताव आयो । यसका लागि उनले भाउडेभिलको जिम्मेवारी छाड्नुपर्ने भयो । सन् १९१३ मा चार्ली च्याप्लिन क्यामेराको सामुन्ने उभिए । यसरी उनले सिनेमाको दुनियाँमा पाइला राखे ।
सोही महिना चार्ली म्याक सेन्नेट र किस्टोन कम्पनीमा आबद्ध भए । यसको सुरुवाती आय हप्तामा एक सय पचास डलर थियो । तर, रातारात हिट हुन थालेपछि अरु निर्माता उनको पछि लागे । पारिश्रमिकको ग्राफ आकासियो ।
चार्लीको फिल्मी करियर
सेनेटसँगको करार सकिएपछि चार्ली सेने कम्पनीसँग जोडिए, सन् १९१५ मा । सोही बेला चार्लीका भाइ सिड्नी पनि अमेरिका आए । किस्टोनले चार्लीको ठाउँमा भाइलाई उभ्याए, भाइ सिड्नी पनि हास्य कलाकारितामा स्थापित भए ।
यता च्याप्लिनले एक विशेष किसिमको चरित्रमा अभिनय गर्ने निर्क्योल गरे । उनी ‘इन्सानय कम्पनी’मा जोडिए । त्यहाँ उनलाई हप्ताको १२ सय ५० डलर पारिश्रमिक तोकियो । यस कम्पनीमा च्याप्लिनले चौध वटा फिल्म गरे । उनले हास्य कलाकारितालाई नायकको रुपमा स्थापित गरे ।
२६ वर्षको उमेरमा उनी सुपरस्टार भइसकेका थिए । त्यसबखत उनी एक म्युचुअल फिल्म कर्पोरेसनमा आवद्ध भए, जहाँ उनलाई ६७ हजार डलर पारिश्रमिक मिल्थ्यो । यही पैसाले चार्ली च्याप्लिनलाई धनाढ्यको सूचीमा उभ्याइदियो । म्युचुअल फिल्म कर्पोरेशनमा रहेर उनले धेरै राम्रो काम पनि गरे ।
२० औं शताब्दीमा चार्ली च्याप्लिनको ख्याति विश्वभर फैलिसकेको थियो । त्यस दशकमा उनले केही सर्वकालीन फिल्महरु दिए, ‘दि किड’, ‘दी पिल्ग्रिम’, ‘अ वुमन इन पेरिस’, ‘दी शोल्ड रश’ ।
उनी एक हलिउड हास्य अभिनेता र निर्देशकको रुपमा प्रख्यात भए । उनी सर्वाधिक चर्चित कलाकार हुनका साथै अमेरिकी सिनेमाको क्लासिक हलिउड युगको प्रारम्भबाट मध्यसम्म एक महत्वपूर्ण फिल्म निर्माता, संगीतकार र संगीतज्ञ थिए । आयमिक क्षमता भएका चार्लीले फिल्ममा अभिनय मात्र गरेनन्, निर्देशन, पटकथा लेखन, निर्माण र संगीतको काम समेत गरे ।
सन् १९९५ मा अस्कर अवार्डको बखत द गार्जियन अखबारको एक सर्वेक्षणमा फिल्म समीक्षक र दर्शकलाई सोधिएको थियो, ‘सबैभन्दा मनपर्ने हिरो को हो रु’ यसको नतिजा आश्चर्यलाग्दो थियो । किनभने चार्लीको मृत्युको दशक पछि पनि अधिकांशको ‘मनपर्ने हिरो’मा उनी सूचीकृत थिए ।
नाटकीय जीवन
उनको निजी जीवनमा अति प्रशंसा र विवाद दुवै सामेल छ । उनको जीवन नै नाटकीय रह्यो । आफ्ना फिल्ममा काम गर्ने अधिकांश अभिनेत्रीसँग उनको प्रेम सम्बन्ध हुन्थ्यो । सन् १९१८ मा अर्थात १६ वर्षको उमेरमै चार्लीले विवाह गरेका थिए, मिल्ड्रेड हरिससँग । तर, यो विवाह दुई वर्षसम्म मात्र कायम रह्यो । त्यसपछि उनले अर्की अभिनेत्री लीता ग्रेसँग दोस्रो विवाह गरे । उनले च्याप्लिनसँग एक फिल्ममा काम गरे, दी गोल्ड रश । त्यसपछि उनी गर्भवती भइन् । उनीहरुबाट दुई छोरा जन्मिए । जबकि उनीहरु एकअर्कासँग खुसी थिएनन् । त्यसैले दुवैले सम्बन्ध विच्छेद गरे ।
सन् १९३६ मा च्याप्लिनले तेस्रो विवाह गरे । सोही बखत उनको अर्की अभिनेत्रीसँग सम्बन्ध रह्यो । उनीहरुबाट छोरी जन्मियो । तर, एक परीक्षणबाट के थाहा भयो भने त्यो छोरी च्याप्लिनको होइन ।
सन् १९४३ मा च्याप्लिनले १८ वर्षीय ऊना ओ नीलसँग विवाह गरे । त्यसपछि मात्र उनको दाम्पत्य जीवन सफल भयो । उनीहरुबाट आठ सन्तान जन्मिए ।
एकदमै धेरै महिलासँग सम्बन्ध भएकाले उनलाई अमेरिकाको केही राज्यमा प्रवेशमा रोक लगाइयो । अनेक राजनीतिक झै(झमेलासमेत आइपरेपछि उनी अमेरिकालाई ‘अलबिदा’ गरेर स्विट्जरल्यान्डको एक सानो गाउँमा बस्न गए ।
च्याप्लिनको पार्थिव शरीर चोरी भयो
सन् १९७२ मा चार्ली च्याप्लिन अन्तिम पटक संयुक्त राज्य अमेरिका गए । त्यहाँ उनलाई अनरेरी एकेडेमी अवार्ड दिइयो । उनको अन्तिम फिल्म ‘अ काउन्टेस फ्रेम होङकङ’ सार्वजनिक भयो । यो उनले निर्माण गरेको एकमात्र रंगीन फिल्म थियो । यो फिल्म धेरै चलेन ।
सन् १९७७ डिसेम्बरको २५ मा स्विटजरल्यान्डको कोर्सिएर सुर वेवेस्थित घरमै उनको मृत्यु भयो । त्यसबेला उनी आफ्ना पत्नी र सात बच्चासँगै ओछ्यानमा थिए ।
च्याप्लिनको पार्थिव शरीर चोरी भयो । दुई व्यक्तिले उनको शरीर जेनेभा झिल नजिक, चिहानमा गाडेका थिए । उक्त मृत शरीर फिर्ता लिनका लागि दुई व्यक्तिले परिवारसँग ४ लाख डलर माग गरेका थिए । आखिरमा ती दुई व्यक्ति पक्राउ परे । हप्तादिन पछि च्याप्लिनको शरीर परिवारलाई मिल्यो ।