+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुरमा आगलागी पीडितलाई आर्थिक सहयोग

नागरिक आवाज
२०७८ चैत्र १५, मंगलवार ०६:५९ गते

भोजपुर । षडानन्द नगरपालिका–२ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । यहाँका सन्तराज आचार्यको घर गत चैत ४ गते आगलागी भएर नष्ट भएको थियो ।

आचार्य परिवारलाई भोजपुर–काठमाडौं सम्पर्क मञ्चले २० हजार, भोजपुर कतार सेवा समाजले ११ हजार पाँच सय, नेकपा एमाले वडा पार्टि कमिटीबाट ६ हजार ६ सय २० र रोशन बस्नेतले ५ हजार आर्थिक सहयोग गरेका थिए ।
उनिहरुबाट प्राप्त भएको कुल ४३ हजार १ सय २० रुपैयाँ आचार्य परिवारलाई हस्तान्तरण गरिएको सहयोग संकलनमा सक्रिय भोजपुर काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष इश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज