निर्मला हत्याका मुख्य अभियुक्तलाई बादशाहलाई कार्वाहीको माग


भोजपुर । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई लुम्विनी प्रदेशको विना विभाग्य मन्त्री नियुक्ती गरिएको प्रति महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत सञ्जालले सरकारको ध्यानाकर्षण गराएको हो ।
राज्यका निकायमा नियुक्त हुने व्यक्ति सामाजिक रुपमा स्वच्छ छवी भएको, विवादरहित तथा कानुनी रुपमा फौजदारी अभियोगमा सजाय नपाएको हुनु पर्नेमा त्यस्तो नभएको महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष लिला तामाङले बताइन्। तामाङले देशभर एकसाथ मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सिडियो मार्फत ध्यानाकर्षण पत्र बुझाएको बताइन् ।
यस्तै, हत्याका मुख्य अभियुक्तलाई नै मन्त्रीमा नियुक्त गरिनु लोकतन्त्रको भावना तथा संविधानको मर्म विपरित रहेको सञ्जालको ठहर छ । फौजदारी लगायत अन्य अभियोगमा राज्यको छानविन प्रक्रियामा रहेका व्यक्तिलाई उच्च पदमा नियुक्त गरिदा कुर्मी लगायतका महिलाहरुको सामाजिक न्याय प्राप्तिमा अन्याय हुने सञ्जालले जनाएको छ । साथै लुम्विनी प्रदेशको विना विभाग्य मन्त्री बादशाह कुर्मीलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारसंग माग गरेको छ ।
यदि कुनै पनि बहानामा त्रुटि नसच्चाएमा देशभरका महिलाहरु एकजुट भई आन्दोलित हुन बाध्य हुने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार