भोजपुर नगरपालिकाले गर्यो कृषकहरुलाई हाते ट्याक्टर वितरण


भोजपुर । भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले स‌युक्त रुपमा ट्याक्टर हस्तान्तरण गरेका हुन् । संघिय सरकारको ७० प्रतिशत अनुदान तथा कृषकहरुको ३० प्रतिशत लागतमा ट्याक्टर खरिद गरी वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रहासकीय अधिकृत मुकुन्द राईले जानकारी दिए ।

हाते ट्याक्टर हस्तान्तरण गर्दै मेयर आलेले कृषिमा आधुनिकिरण संगै उपकरणको समेत सहयोगी भुमिका रहने भएकाले कृषकलाई ट्याक्टर वितरण गरिएको बताए । मेयर आलेले आधुनिक उपकरणको प्रयोग गरी उत्पादन बढाउन पनि आग्रह गरे ।

यस्तै, उपमेयर निर्मला शेर्पाले हाते ट्याक्टरको प्रयोगले समयको बचत हुने भन्दै कृषिपेशाका लागि यो फलदायी हुने बताए । ट्याक्टर पाएपछि कृषकहरु खनजोतका लागि सहज भएको भन्दै खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार