+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता

नागरिक आवाज
२०८१ श्रावण १६, बुधबार ०१:२० गते

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

बाढी आएको क्षेत्र उत्तरी भोजपुरमा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज