भाेजपुरमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्षपछि पक्राउ


भोजपुर । भोजपुर प्रहरीले कर्तब्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादीलाई १७ बर्ष पछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका-१० भैसीपंखाका ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले खोजतजासका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुर नगरपालिका-१० भैसीपंखा (साविक भैसीपंखा गाबिस वडा नम्वर ७) का ४४ बर्षका निमा दावा शेर्पालाई २०६३ साल कार्तिक १४ गते बेलुका अन्दाजी साढे छ बजेको समयमा चन्द्र कै घरमा बसेको अवस्थामा उनीसहितले शेर्पाको घाँटीमा डोरी कसेर कर्तब्य गरी मारेको र घरको कोठा भित्र लास झुण्ड्याई प्रतिवादीहरु फरार भएको प्रहरी निरीक्षक लिम्बुले बताए ।

निज प्रतिवादीको हकमा भोजपुर जिल्ला अदालतबाट २०८० भाद्र १३ गते पक्राउ गर्ने अनुमति प्राप्त भए पछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८१ बैशाख ११ गते राती सुनसरीको धरान उपमहानगरपालिका वडा नम्वर १० सैनिक टोलबाट तामाङलाई पक्राउ गरेको थियो ।

उनी डेरा लिएर धरानमा बस्दै आएको सुचनाका आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । घटनामा संलग्न अन्यको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार