कविता- नारी हिंसा को अन्त्य

  प्रतिमा पोख्रेल ( नयाँ सृष्टि )

नारी एउटा सिंगै युग बोकेर
शताब्दीलाई टिकाइराख्ने
एक सृष्टिकर्ताकी देवी हुन्
तर
चुडिएका छैनन् उनिमाथीका
कुन्ठाका कसिला बन्धनहरु,
च्यातिएका छैनन्
पितृसत्तात्मक सोचका पर्दाहरु,
भत्किएका छैनन्
असमान्ताका पर्खाल र
पुरिएका छैनन्
विभेदका खाडलहरु।
बिज्ञानले फड्को मारेर ,
चमत्कारको पाठ
पढाइ सक्दा पनि,
दमित ईच्छाहरुलाई
आशु संग पिउदै
घुम्टोले छोपिरहेकी छिन्
आफ्नो अनुहार ।
आधा हिस्सा ओगटेका नारी माथिको
हिंसाको पहाडले थिचिरहेको पिडा,
सानो आँखी झ्यालबाट चिच्याउदैमा
कस्ले सुनिदिन्छर १।
यहाँ १कयौं निर्मला र भागरथिहरु,
क्रूर यौन पिपाषुको
सिकार बनिरहेका छन् ।
आमाहरु,
बोक्सीको आरोपमा कुटिएका छन् ।
छोरीहरुलाई,
दाइजोको कारण जीउँदै
जलाइरहेको दृश्य ट्ड्कारै छ।
खै कहाँ आएको छ
लोकतान्त्रिक गणतन्त्र रुरुरुरुरु
भन ए महासय १११
कुन धारा र दफामा,
छोपिएको छ महिलामुक्तिका
आवाजहरुरुरु
कुन निकायमा सुनुवाइ भएको छ,
छाउपडीका ब्यथाहरु१।
खै कहाँ भएको छ देखाऊ
समानता र समताको ब्यवहार रुरु
खोजेर पेश गर इजलासहरुमा।
कानुनको अड्डाको ढड्डामा
सच्याइदेउ न्यायको कलमले ,
पुरुष सरह सुरक्षित
बाच्न पाउने अधिकार ।
ताकी १कुनै पनि नारीले,
बलात्कृत बनी मर्नु नपरोस् ।
बोक्सीको आरोपमा ,
नकुटिउन।
दाइजोको कारण ,
जिउँदै नजल्नु ।
र बिच बाटोमै
एसिड्का छिटाले
अंगभंग नबनुन् ।
बन्ध हुन् यौन बिक्रीका पसल र
कुनै चेली बेचिनु नपरोस् कोठिमा ।
देउकी र झुमाले,
हरेक रात अनिदो बस्नु नपरोस्
बिहानी भेट्न ।
तर १महिला हिंसा अन्त्यको लागि
कानुन अन्धो र बहिरो बनिरहन्छ भने,
नारि सन्तान जन्माउने मेसिन र
बिज्ञापनको साधनका रूपमा
हेरिन्छ भने।
उस्ले बाटो बताइरनु पर्ने छैन
अदालतका ढोका सम्म पुग्न १
न्यायको खातिर ११
सहनसिलताका प्रतिमुर्तिहरुले
बिश्रान्तिका खुट्टा नपसारी ,
उठाइरहने छन्
धेरै योगमायाहरुले
बिद्रोहको कालो झन्डा ।
अरुण गाउँपालिका, वडा नं-५
भोजपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार