एकल प्रयासले कोभिडको नियन्त्रण सम्भव छैनः प्रजिअ, भोजपुर


कोरोनाको दोश्रो लहरका जोखिमबाट यति बेलाप्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुर पनि अछुतो रहन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढदै जान थालेपछि स्थानीयहरुमा समेत त्रास सिर्जना भएको छ । संक्रमर दर बढन नदिनका लागि गएको बैशाख २९ गते रातीबाट आगामी असार १० गतेसम्मका लागि जिल्लाभर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञा हुँदासमेत संक्रमित दर करिव आठ सय पुगी सकेको छ । यसै सन्दर्भमा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका संयोजक तथा भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीसँग गरिएको कुराकानीः

भोजपुरमा दैनिक रुपमा कोरोना संक्रमित बढी रहेको अवस्था छ, कोरोना रोकथामका लागि के गर्दै हुनुहुन्छ ?

जिल्ला प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ । जिल्लाप्रवेशको नाकावाट जिल्ला भित्रिने कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुलाई होल्ड गरी निजहरुको अवस्था हेरेर सम्बन्धित पालिकासँग समन्वय गरेर छाड्ने गरिएको छ । जिल्लाप्रवेश गर्ने सबै नागरिकहरुलाई सम्बन्धित पालिकाको वडा अध्यक्ष वा जनप्रतिनिधिहरुसँग सम्पर्क गरी जनप्रतिनिधिहरुको निगरानीमा कम्तिमा १४ दिन होम क्वारेन्टाइन बस्ने लिखित प्रतिबद्धता गराई घर जान दिईएको छ । मृत्यु संस्कार, विरामी, अलपत्र परेकाहरुलाई मात्र गन्तव्यमा जानका लागि जरुरी अवस्थामा मात्र यात्रा सहजीकरण गरिएको छ । जिल्लामा लागु गरिएको निषेधाज्ञाको प्रभावकारी रुपमा कार्यान्वयन भईरहेको छ । नियमित रुपमा अनुगमन गरिएको छ । विभिन्न संचार माध्यमवाट जनचेतनामूलक जिगंलका साथै सन्देशहरु समेत प्रसारण गरि रहेका छौं ।

संक्रमित बढ्ने क्रममा भोजपुर जिल्ला पनि जोखिममा परेको छ, संक्रमितहरुको उपचारका लागि के व्यवस्थापन गरिएको छ ?

हाल जिल्लामा कोभिड–१९ सम्बन्धी लक्षण भएका र संक्रमित नजिक रहेका व्यक्तिहरुको एन्टिजेन र पिसिआर परीक्षणमा तिव्रता दिईएको कारणले गर्दा कोरोना संक्रमितहरुको बढ्दो क्रम देखिएको छ । कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि जिल्लामा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरिएको, जिल्लाको हरेक पालिकामा संक्रमितहरु राख्नको लागि अक्सिजन सहितको आइसोलेसन वार्डहरु निर्माण भएका छन । भोजपुर नगरपालिका वडा नम्वर ६ को देउराली स्थित शैक्षिक तालिम केन्द्रमा अक्सिजन सहितको ५० वेड क्षमता भएको कोभिड अस्पताल संचालनमा आएको छ । जिल्लामा रहेका स्थानीय रेडियोमार्फत नागरिकहरुलाई कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारको सन्दर्भमा जनचेतनामूलक सन्देशहरु प्रवाह भईरहेका छन । जसवाट जिल्लाकानागरिकहरु सचेत भएको देखिन्छ । हामीसँगपर्याप्तअक्सिजन सिलिण्डरहरु रहेका छन । अक्सिजन सहितको अस्थाई कोभिड अस्पताल र आइसोलेसन सेन्टरहरु सदरमुकाम र पालिकाहरुमा रहेका छन । स्वास्थ्य सामाग्रीको पर्याप्त सञ्चित रहेको अवस्था छ । सवै पालिकाहरु र दुर्गम स्थानमा समेत मेडिकल डाक्टर सहितको स्वास्थ्यकर्मीवाट स्वास्थ्य सेवा प्रदानगर्ने ब्यस्था मिलाईएको छ ।

कोरोना नियन्त्रणका लागि भोजपुरमा रहेका नौ स्थानीय तहसँग कसरी समन्वय गरी रहनु भएको छ ? स्थानीय तहहरुवाट सहयोग पाउनु भएको छ ?

कोरोना नियन्त्रणको लागि स्थानीय तहहरुसँग राम्रो समन्वय भएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा पालिकामा कार्यरत स्वास्थ्य संयोजकमार्फत दैनिकरुपमा पालिकाभित्रका कोरोना संक्रमितहरुको अवस्था, पालिकावाट कोभिड रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि भएका क्रियाकलापहरुको अवस्थाबारे जानकारी लिने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकमा सल्लाहकार समितिको प्रावधान राखिएको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा भोजपुर नगरपालिकाका नगरप्रमुख र एक पालिकाका महिला उपाध्यक्ष सदस्य रहने गरी तथाअन्य पालिकावाट प्रमुख÷अध्यक्ष तथा प्रतिनिधिहरुलाई आमन्त्रित गरी समन्वयात्मक रुपमा बैठक बसी निर्णय गर्ने गरिएको छ । जिल्लाकोभिड व्यवस्थापन केन्द्रको बैठकमा व्यापकरुपमा छलफल गरी समन्वयात्मक रुपमा कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि जुटेका छौ । कुनैकुनै पालिकाको कोरोना रोकथामको लागि क्रियाशिलता समान नभए तापनि उहाँहरुले गरेको कार्यलाई प्रशंसनिय नै मान्नु पर्छ ।

जिल्लामा हाल जारी निषेधाज्ञाले अत्यावश्यक सेवाबाहेकका अन्य सवै सेवा ठप्प छन्, यसले जोखिम बढ्न नदिनका लागि कतिको मद्दत गरेको छ ?

जिल्लामा लागु गरिएको निषेधाज्ञाको कारण जिल्लामा अत्यावश्यक सेवाहरु बाहेकअन्य सबै सेवाहरु बन्दगरिएको छ । विकास निर्माणका कामहरु सूचारु नै गरिएको छ । कठिनाई उत्पन्न भएमा आवश्यकता अनुसार सहजिकरण भई रहेको छ । अत्यावश्यक सेवामा दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न र तरकारी विक्रीवितरण गर्ने पसलहरु विहान ६ बजे देखि ९ बजेसम्म खुल्लागर्न दिइएको र औषधी पसलहरुलाई निर्वाधरुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खुल्लागर्न दिइएको छ भने अन्य सवै व्यापार व्यवसायहरु बन्दगरिएको छ । जिल्लामाजारी गरिएको निषेधाज्ञाको पालना भईरहेको देखिन्छ । जसका कारण कोरोना रोकथाम नियन्त्रणमा मद्धत पुर्याएको छ ।

कोरोना जोखिम न्यूनिकरणमा सरकारी संयन्त्रबाहेकका अन्य कुन–कुन निकायहरुवाट सहयोग भै रहेको छ ?

कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि जिल्लामा विभिन्न क्षेत्रहरुवाट सहयोग पुगि रहेको छ। स्वयंसेवी संस्था जस्तै नेपाल रेडक्रस सोसाईटी, उद्योग बाणिज्य संघ, नेपाल मेडिकल एशोसियनलगायत व्यक्तिगतरुपमा स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोगहरु जिल्लाकोभिड–१९व्यवस्थापन केन्द्रमार्फत कोभिड अस्पताललाई सहयोग भई रहेको छ । जिल्लामा क्रियाशिल राजनैतिक दल, नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ भोजपुर शाखा जस्ता विभिन्न संघ संस्था र क्षेत्रहरुवाट आवश्यक सहयोग पुर्याउनु भएको छ । जसकालागि उहाँहरुलाई धन्यवादसमेत ज्ञापन गर्न चाहन्छु ।

कोरोना समुदाय स्तरमा बढ्न नदिन सर्वसाधारणले के भुमिकानिर्वाह गर्न जरुरी देख्नुहुन्छ ?

कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि सर्वसाधारणको भूमिका महत्वपूर्ण हुन्छ । सवै नागरिकले विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्ड पालन गरी जिल्लामालागू गरेको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्नका लागि हार्दिक अपिलगर्न चाहन्छु । समुदाय स्तरमा सचेत रहन सकियो भने त्यसले जोखिम नियन्त्रणमा महत्वपूर्ण भुमिकानिर्वाह गर्न सक्छ ।

कोरोना नियन्त्रण अभियानमा जुट्नु भएको छ, भोजपुरे जनतालाई अन्त्यमा के अपिलगर्न चाहनुहुन्छ ?

एकलप्रयासले कोभिडको नियन्त्रण सम्भव नभएकोले सामुहिक प्रयास जरुरी छ । आ–आफ्नो कर्तव्य सम्झेर सवै सरकारी संयन्त्र, राजनैतिक दल, पत्रकार, नागरिक समाज, विभिन्न संघ संस्था तथा व्यक्तिहरुको संयुक्त प्रयासवाट मात्र यसको नियन्त्रण हुन सक्छ । त्यसैले आ–आफ्नो दायित्व सम्झेर निषेधाज्ञाको पूर्णरुपमा पालना गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्दै दैनिक क्रियाकलाप संचालन गरी सहयोग पु¥याउन का लागि हार्दिक अनुरोध गर्दछु । साथै कोरोना जोखिमका सन्दर्भमा भएका प्रयासहरुलाई सवै सामु पुर्याउन तपाईले गर्नु भएको सहयोगका लागि समेत धन्यवाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार