दिङ्ला । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर षडानन्द नगरपालिकामा भने गठबन्धन दलहरुका सदस्यहरू नगरसभामा उपस्थित नभएपछि नगरसभा स्थगित भएको छ ।
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले नीति कार्यक्रम पेश गर्ने कार्यसुचि रहेको भए पनि गठबन्धन दलका नगरसभा सदस्यहरु उपस्थित नभएपछि सभा स्थगित भएको हो ।
बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि षडानन्द नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट ल्याउन सकेन ।
नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले गठबन्धन दलका सदस्यहरु अनुपस्थित भएका कारण नगरसभा बैठकमा नीति तथा कार्यक्रम पेश गर्न नसकिएको बताउनुभयो । ‘बहुमत सदस्य उपस्थित नभएपछि नीति तथा कार्यक्रम सभामा पेश हुन सकेन,’ उनले भने,‘ आजको लागि सभा स्थगित भएको छ । बहिस्कार गर्नेहरु नेपाली काङग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
षडानन्द नगरपालिकामा मेयर सुरेन्द्रकुमार उदास नेकपा एमालेबाट र उपमेयर प्रमिला राई नेकपा माओवादी केन्द्र (गठबन्धन) बाट निर्वाचित भएका हुन नगरप्रमुख उदास कार्यपालिका तथा सभामा अल्पमतमा छन् ।