जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना


भोजपुर–भोजपुरको षडानन्द नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना साथै भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ दिङ्ला शाखाले नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुसंग भेटघाट साथै शुभकामना बधाई कार्यक्रम राखेको हो । वाणिज्य संघको आयोजनामा सोमबार सम्पन्न भएको कार्यक्रममा वाणिज्य संघको तर्फबाट गर्ने समन्वय र सहकार्य सधै हुने वाणिज्य संघ शाखाका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

शुभकामना साथै भेटघाट कार्यक्रममा वाणिज्य संघले नगर क्षेत्रमा भएको सि.सि. क्यामेरा, सडक बत्ति र टेलिफोन सेवाहरुले पुर्ण रुपमा काम नगरेको कारण पुर्ण सञ्चालन गराउने पर्ने जस्ता माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार