भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको प्रमुख सहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति भोजपुरको नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा प्रमुख पदमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका कमल थुलुङ्ग राइ र उपप्रमुखमा गठबन्धन दलको तर्फबाट मओवादी केन्द्रबाट अनिशा खड्का सहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो ।
नेकपा एमालेका उमेद्वार विष्णुकुमार राईलाई थुलुङ्गले र ५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उपप्रमुखमा अनिशा खड्का ५ मतान्तरले विजयी भएकी हुन् ।
यस्तै सदस्यहरुमा अल्पसंख्यक सदस्य लादिकी शेर्पा, महिला सदस्य गोमादेबी राई नेकपा माओवादी केन्द्रबाट, सदस्य जीवन किराँती राई र सदस्य चन्द्रकुमार राई जनता समाजवादी पार्टी नेपाल, सदस्य दीर्घकुमारी कार्की, विनोद मगर नेपाली कांग्रेस महिला सदस्य राधिका तामाङ नेपाली कांग्रेस (नेकपा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । जिसस निर्वाचनमा स्वतन्त्रबाट साल्पासिलिछो गाउँपालिका अध्यक्ष जितेका दौलथ कुलुङ भने सहभागी भएनन् । उनी एमालेको बागी उम्मेदवार बनेर जितेका हुन् ।