एभरेष्ट म्याराथुनको उपाधी भाेजपुरका तामाङलाई


काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एभरेष्ट म्याराथुनमा नेपाली आर्मीका तिर्थबहादुर तामाङ पहिलो विजेता बनेका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटरको दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पार्दै तामाङ विजेता बनेका हुन् ।
त्यस्तै, म्याराथुनमा खुम्बु पासाङल्हामू २ लुक्लाका राजकुमार राजभण्डारी दोस्रो बनेका छन्। उनले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डमा पारे गरे भने सोलुखुम्बु महाकुलुङका सुमन कुलुङ तेस्रो बनेका छन्। सुमनले ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा दुरी पार गरेका थिए। डेढसयभन्दा बढि नेपाली र विदेशीधावक सहभागी म्याराथुनको नाम्चे महिला समूहले आयोजना गरेको हो ।
त्यस्तै २१ किलोमिटरको हाफ म्याराथुनमा जर्मनीका भेरेना स्किमेर विजेता बनेका छन् । उनले निर्धारित दुरी ३ घण्टा ६ मिनेट ३४ सेकेण्डमा पार गरेका हुन् । दिङबोचे देखि नाम्चेबजर सम्मको दुरीको हाफ म्याराथुनमा रोमानियाका एलेना सेर्कु दोश्रो तथा जर्मनकै डिटेनर स्टभ तेश्रो बनेको नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए ।
विजयी पहिलो, दोश्रो र तेश्रोलाई क्रमश: नगद पुरस्कार १ लाख, ७५ हजार र ५० हजार प्रदानगरिएको छ। हरेकबर्ष एभरेष्ट म्याराथुनको आयोजना गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार