षडानन्द नगरपालिकाको पहिलो निर्णयः नि:शुल्क एम्बुलेन्स सेवा


भोजपुर । षडानन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको पदभार ग्रहण संगै नगरपालिकाले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण कार्यक्रमा बोल्दै नगर प्रमुख सुरेन्द्र कुमार उदासले एम्बुलेन्स खरिद गरिजेष्ठ नागरिक, क वर्गका अपाङ्गहरु, गर्भवती तथा सुत्केरीहरु, दुर्घटनामा परेर घाइते भएकाहरु र आपत विपतमा परेकाहरुलाई स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन यस्तो निर्णय गरिएको उदासले बताउनु भयो ।
भौगोलिक रुपले विकट नगरपालिकाका दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको नवनिर्वाचित प्रमुख उदासले बताउनु भयो ।
‘शारिरीक र स्वास्थ्यको दृष्टिकोणले संवेदनशिल अवस्थाका जेष्ठ नागरिकहरु गर्भवती तथा सुत्केरीहरु क वर्गका अपाङ्गहरु दुर्घटनाका घाइतेहरु र विपतमा परेका नागरिकहरुलाई ध्यानमा राखेर उनिहरुको सहजताको लागि नगरपालिकाले यो पहिलो निर्णय गरेको नवनिर्वाचित नगर उपप्रमुख प्रमिला राईले बताउनु भयो ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ वडा रहेको षडानन्द नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेको तर्फबाट सुरेन्द्र कुमार उदास र उपप्रमुखमा नेकपा माओवादी केन्द्र ९गठबन्धन० की प्रमिला राई निर्वाचित हुनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार