भोजपुर । भोजपुर नगपालिकामा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आलेले आचारसंहिता उल्लंघन गरेर भोट मागेका छन् ।
भोजपुर-३ गुप्तेश्वरमा भोट मागेको भिडिओ सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । भिडिओमा उनले मतदातालाई धम्की र घुर्की लगाएको प्रष्ट सुनिन्छ । आलेले गुप्तेश्वरमा नगरपालिकाको सिंगो ५ वर्षको बजेट खन्याएको भन्दै आफूलाई भोट दिन भनेका थिए । मतदाताले आफ्नो गाउँको विकाससम्बन्धी जिज्ञासा माग्दा आलेले त्यसो भए एमालेले यो बत्ती ल्याइदेको हो भनेर आक्रोश पोखेका छन् ।
ती युवाले कसैको व्यक्तिगत नभइ राज्यको स्रोतबाट आएको हो भनेपछि आलेले प्रतिवाद गर्दै त्यसो भए कृपाशुर शेर्पाले किन गरेनन् भनेर हप्काएको सुन्न सकिन्छ ।
आलेले एक मिनेट बोलौं भनी पटकपटक याचना गरेर आफूजत्तिको मान्छे आउँदा झोंक देखाएको भन्दै तपाईं एमालेको मान्छे र’छ एमालेलाई नै भोट दिनु हामीलाई कांग्रेसले भोट दिन्छ भइगो भन्दै ल जाऔं भनेर हिँडेका थिए ।