भोजपुरको सबैभन्दा ठुलो पालिका षडानन्दमा एमालेको चुनावी सभा सम्पन्न


दिङ्ला । भोजपुरको सबै भन्दा ठुलो स्थानीय तह षडानन्द नगरपालिकामा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको पालिका जिल्लाको सबैभन्दा ठुलो पालिकामा शनिबार एमालेले चुनावी सभा आयोजना गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा चुनावी सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका अध्यक्ष शरण कुमार राई जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा चुनावी सभा सम्पन्न भएको हो ।

पालिकामा नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी मैदानमा जाँदै छ भने एमाले एक्लैले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने छ । एमालेलाई गठबन्धनको सामना गर्न निक्कै कठिन परिस्थिति रहेको छ त्यसैले चुनावी प्रचार प्रसारमा एमालेले तिब्रता दिएको छ । एमालेको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर पदका उमेदवार सुरेन्द्र उदास र उपमेयर मेरिका राईलाई अगि सारेको छ ।

उपमेयरका उमेदवार मेरिका राई भन्छिन, अघिल्लो निर्वाचनको परिणाम मिश्रित भएकोले नगरवासीको चाहानाअनुसार काम गर्न सकिएन अब सिंगो एमालेलाई जिताए नगरको विकासमा सहज हुने उनको प्रतिवद्धता रहेको छ ।

पाँचबर्ष सम्म केहि काम नभएको र नगरको विकास नगरको समृद्धिको लागि आफ्नो उमेदवारी रहेको छ । पाँच बर्ष अगाडी आफु उमेदवार हुँदा बनाएको घोषणा पत्र लिएर जनताको घरमा जाँदापनि हुने अवस्था यो भन्दा अगाडी निर्वाचित जनप्रतिनिधिहरुले बनाएको मेयर पदका उमेदवार सुरेन्द्र उदासले बताए l

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर सुरेन्द्र उदास उपमेयरमा मेरिका राई प्रतिस्पर्धामा थिए भने नेपाली कांग्रेका वीरबल राई मेयरमा विजयी भएका थिए । उपमेयरमा मेरिका राई नै निर्वाचित भएका थिए । यस पटक एक्ला एक्लै लड्दा विजयी भएका मेयर वीरबल राई गठबन्धनबाट उमेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार