भोजपुरको हेलौछामा नेपाली कांग्रेस परित्याग गरी ५१ जना एमालेमा प्रवेश


भोजपुर । भोजपुर नगरपालिका–१ भाम्राङ्गमा नेपाली कांग्रेस पार्टी परित्याग गरी ५१ जना एमाले प्रवेश गरेका छन् । शनिबार भएको चुनावी कार्यक्रम मार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा पेमदोर्जी शेर्पा, दातेन्जी शेर्पा, निमा शेर्पा, निम्दिकी शेर्पा, वविता शेर्पा, धनबहादुर तामाङ, गौतम तामाङ, धर्मराज तामाङ, राजेश गुरुङ, बुद्धसिं तामाङ, सविता दर्जी, रमिला तामाङ र देवराज तामाङसहित ५१ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले जानकारी दिए । नव प्रवेशीहरुलाई पूर्व मन्त्री तथा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृपाशुर शेर्पाले पार्टीमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार