+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुरको षडानन्दकाे विहिबारे बजारमा आगलागी

नागरिक आवाज
२०७९ बैशाख २२, बिहीबार १५:१४ गते

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी भएको छ । आगालागी हुदाँ ४ घर जलेर नष्ट भइसकेका छन् भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणमा आउन नसकेपछि भोजपुर सदरमुकामबाट दमकल पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । आगालागी भएको स्थानमा प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा ल्याउन नसकिएको डिएसपी राजकुमार राईले बताए ।
आगालागीबाट चार घर पुर्ण रुपमा जलेर नष्ट भएको र अन्य क्षतीको विरण भने आउन सकेको छैन । आगो नियन्त्रणका लागि भोजपुरबाट दमकल हिडेको करिव १ घण्टा भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज