आमचोकमा कांग्रेसका अध्यक्षका उम्मेदारद्धारा उम्मेदवारी फिर्ता

एमाले अध्यक्षका उम्मेदवार बसन्त राईलाई भोट हाल्न आग्रह


भोजपुर । बन्धक बनाएर उम्मेदवारी फिर्ता लिन नदिएको भन्दै आमचोक गाउँपालिकामा नेपाली काँगेस अध्यक्ष पदकी उम्मेदवार भगवती राईले विज्ञप्ती जारी गरेकी छिन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराती र नेपाली काङ्ग्रेसका सभापति विनोद बान्तावाले आफूलाई कोठामा थुनेर बन्धक बनाएर उम्मेदवारी फिर्ता लिनबाट रोकेको उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

गठबन्धनको निर्णय अनुसार आमचोक गाउँपालिकामा माओवादीले एकल उम्मेदवारी दिने सहमति भएको थियो । यसरी सहमति विपरित त्यहाँको काङ्ग्रेसले एमालेसँग तालमेल गरेर निर्वाचनमा जाने सहमति गरेपछि गठबन्धन बीचमा खटपट सिर्जना भएको थियो ।

गठबन्धन बीचको सहमति अनुसार आमचोक गाउँपालिकामा काङ्ग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका थिए ।

काङग्रेसले शुरुमा एमालेसँग भएको सहमति अनुसार निर्वाचनमा जाने उद्धेश्यका साथ उम्मेदवारी फिर्ता लिन खोजेको थियो । गठबन्धनको षडयन्त्रका कारण उम्मेदवारी फिर्ता नभएकाले आफु अध्यक्षको उम्मेदवार नरहेको विज्ञप्तीमा उल्लेख छ । आफ्नो तर्फबाट निर्वाचनको कुनै पनि प्रसार नगर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राईले निर्वाचनमा एमाले तर्फका अध्यक्षका उम्मेदवार बसन्त राई र उपाध्यक्षमा काङ्ग्रेस तर्फका उम्मेदवार छिरिङ शेर्पालाई भोट हाल्न समेत मतदातालाई आग्रह गरेकी छिन् ।

हेर्नुस विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार