भोजपुरमा एमालेले खाता खोल्यो हतुवागढीमा सदस्य निवार्चित


भोजपुर । स्थानिय तहको निर्वाचनमा भोजपुरमा नेकपा एमालेले खाता खोलेको छ । हतुवागढी गाउँपालिका ३ सिन्द्राङ्गमा एक जना निर्विरोध निर्वाचित हुनु भएको हो । दलित महिला सदस्यमा उम्मेदवार मनोनयन गर्नुभएकी लक्ष्मी विश्वकर्माको ठाउँमा अन्य उम्मेदवारको मनोनयन नभए पछि उहाँ नेकपा एमालेको तर्फबाट उमेद्घारी दिएर दलित महिला सदस्यको रुपमा निर्बिरोध निर्वाचित हुनुभएको हो । जनजाति बाहुल्य रहेको उक्त वार्डमा दलित समुदायका एक घर मात्र रहेकोमा सो को समेत स्थानीय तहमा सहभागीता सुनिश्चित भएको हो। कुल ४७ जना जनप्रतिनिधिको लागी हुन लागी रहेको निर्वाचनमा अब ४६ जना आफ्ना जनप्रतिनिधिहरु छान्न आगामी बैशाख ३० गते मतदाताहरुले आफ्नो अमुल्य मत मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार