भोजपुर । जिल्ला को दक्षिणी गाउँपालिका आमचोकमा नेकपा माओवादी केन्द्रले एक वडामा दलित महिला सदस्यमा खाता खोलेको छ । आमचोक गाउँपालिका वडा नं ७ देवनटारमा दलित महिला सदस्यमा माओवादीबाट रत्ना परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य दलबाट उमेद्धार नभएकाले रत्नाले माओवादीबाट खाता खोलेकी हुन् ।
१० वडा रहेको आमचोक गाउँपालिकमा कांग्रेस र एमालेको चुनावी तालमेल रहेको छ । सत्ता गठबन्धनबीच एमालेसँग चुनावी तालमेल नगर्ने लिखित सहमति विपरित पूर्वमुख्यमन्त्रि शेरधन राईको अगुवाईमा कांग्रेस एमालेबीच तालमेल भएको हो ।
यता, एमालेको चुनाव चिन्ह लिएर उमेद्धार बनेका आफ्ना कार्यकताहरुलाई माओवादी केन्द्रले भने कारवाही गरिसकेको छ ।