षडानन्दमा मेयरले भुक्तानी नदिएपछि ठेकेदारले चल्न दिएनन् अरुणमा फेरी


भाेजपुर । षडानन्द नगरपालिकाका मेयर वीरबल राईले भुक्तानी रोकिदिएको भन्दै निर्माण व्यवसायीहरुले अरुण नदीस्थित फेरी अवरुद्ध गरेका छन् । वर्षौँदेखि बनाउन थालिएको पक्की पुल अलपत्र भएपछि अरुण नदीस्थित सतीघाटमा फेरी हालिएको थियो।
तर षडानन्द नगरपालिकाले काम लगाएर ठेकेदारले भुक्तानी पाउनुपर्ने रकम भुक्तानी नदिएको भन्दै फेरीमा गाडी तेर्स्याएर अवरोध गरिदिएका गरेका छन् ।
गत वर्ष अरुण नदीमा बाढी आएर फेरी चल्न अवरोध भएको ठाउँ सफा गर्न मैयुङ-पाण्डा निर्माण सेवालाई मेयर वीरबल राईले ठेक्का दिएका थिए।
षडानन्दका मेयर वीरबल राईले आफ्नो कार्यकाल सकिँदासम्म पनि रकम भुक्तानी नदिएकाले अवरोध गरिको ठेकेदार सुभाष तामाङले बताएका छन्।
फेरी अवरुद्ध हुँदा सयौँ स्थानीयबासी र यात्रु मर्कामा परेका छन्। यसबारेमा मेयर राईसँग बुझ्न खोज्दा उनले फोन उठाएनन्। अघिल्लो कार्यकाल कांग्रेसबाट विजयी राई राजीनामा दिएर फेरि चुनावी अभियानमा लागेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार