ऐतिहासिक क्षेत्र दिङ्लामा खोजमुलक पत्रकारीता तालिम सम्पन्न


भोजपुर । ऐतिहासिक क्षेत्र दिङ्लामा खोजमुलक पत्रकारीता तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्र विकास कोषको रु १ लाख ७५ हजार बजेटले सम्पन्न भएको हो ।

तालिम बैशाख ३ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन भएको थियो । प्रदेश नं. १ का विभिन्न जिल्लाबाट क्रियाशिल तथा पत्रकारीता क्षेत्रमा रुचि राख्नेहरुले तालिममा सहभागी जनाएका थिए । ५ दिन सम्म सञ्चालित खोजमुलक पत्रकारीता तालिममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए ।

भोजपुरको ऐतिहासिक क्षेत्र दिङ्लामा पाँच दिन सम्म सञ्चालित तालिमको चौँथो दिन सहभागीहरुले विभिन्न ऐतिहासिक क्षेत्रहरुमा स्थलगत भ्रमण गई खोज समाचारहरु संकलन गरेका छन् ।

विभिन्न समयमा पत्रकारहरुको हक, हितमा बोल्दै सहयोग गर्दै आउनु भएका १ नं. प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईले आवाश्यक अनुसार खोज मुलक समाचार बन्ने ठाउँमा नै खोज पत्रकारीताको तालिम आयोजना गर्न बजेट विनियोजन गर्नु भएको मुख्यमन्त्री राजेन्द्र राईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार