षडानन्दमा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो, मेयर सहित ९ वटा वडामा उम्मेद्धार टुङग्यायो



भोजपुर। सत्तारुढ गठबन्धनबाट भोजपुरको षडानन्द नगरपालिकामा एकीकृत समाजवादी बाहिर भएको छ । गठबन्धनबाट बाहिरिए संगै मेयर सहित ९ वटा वडाहरुमा वडाध्यक्षको उम्मेद्धार टुङ्ग्याएको छ । समाजवादी पार्टीको जिल्लाको हकमा ९ वटा स्थानीय तहहरुमध्ये सबै भन्दा बलियो संगठन भएको पालिका भएपनि पालिकामा सम्मान सिट नपाएपछि उनिहरु गठबन्धनबाट बाहिरिएर एक्ला एक्लै चुनावी मैदानमा आउने निर्णएमा पुगेको समाजवादीका नगर कमिटीका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए ।

उनिहरुले पार्टी नगर कमिटीका अध्यक्ष हरि भित्रिकोटीलाई मेयरको उम्मेद्धार सर्वसहमत बनाएका छन् । भित्रिकोटी मेयरको उम्मेद्धार हुँदा वडा नं. १ मा गजेन्द्र राई वडा नं. २ विशाल राई, वडा नं. ४ मा लेखनाथ श्रेष्ठ, वडा नं. ८ मा दीपराज राई, वडा नं. ९ मा ङिमा शेर्पा, वडा नं. १० मा नुतन राई, वडा नं. ११ मा मिलन विष्ट र वडा नं. १३ मा विन्द्र तामाङलाई वडा अध्यक्षको उम्मेद्धार सर्वसहमत बनाईएको भित्रिकोटीले जानकारी दिए ।

नगरपालिकामा एकीकृत समाजवादीले उठएका केहि वडाहरुमा समाजवादीको मत राम्रै भएको समाजवादीका नेताहरु बताउँछन् । वडा नं. ८ वडा नं. ९ वडा नं. ११ वडा नं. २ वडा नं. १३ साथै वडा नं. १ मा समेत एक्ला एक्लै उठदापनि जित्ने सम्भावना रहेको समाजवादीका नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार