भोजपुरमा एक दिन टिक्न सकेन गठबन्धन , जसपा बाहिरियो माओवादीमा असन्तुस्टी धेरै


भोजपुर । आशन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले भोजपुरमा स्थानीय तह भागबण्डा टुंग्याएको गठबन्धन एक दिन पनि नटिक्ने भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ भने माओवादी नेता कार्यकर्ताले असन्तुटि देखाएको छ ।
एउटा पनि स्थानिय तहकाे नेतृत्व नपाएपछि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने भएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिने जसपाका नेता प्रशन्न राईले बताए । गठबन्धनको निर्णयको विरोधमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य माेहन किराती मादेन राजिनामा घोषणा गरेका छन । अन्य नेता कार्यकर्ताहरुले पनि विराेध गरेका छन ।
राईले राजिनामा दिनुको कारण कुनै पनि पार्टीको गलत नाजायज ह्वीपलाई अक्षरस पालना गर्ने ,सत्ता र पहुचको पुजा गरि दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रविती,आम स्वषीत पिडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजना बिरुद्धको बिद्रोह भएको सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेका छन ।
यसै गरि नेकपा माओवादी केन्द्रका पौवादुमाका नेता गोविन्द राईले पनि गठबन्धनको निर्णयको विरोध गरेका छन । राईले जिल्ला र केन्द्रको आदेश ,पौवादुङ्ममा लागू, नहुने र जिल्ला र केन्द्रको आदेश मानेर चुनाबमा भाग लिन आए प्रतिवाद गर्ने चेतावनि समेत दिएका छन ।
पौवादुम्माका नेकपा माओवादी केन्द्रका नेता मौसम राईले पनि गठबन्धन दलको निर्णयको विरोध गरेका छन । गाउँपालिकाको निर्णयलाई वेवस्था गरेको उनको आरोप रहेको छ । राईले भनेका छन २ बैशाखमा नेकपा माओबादी केन्द्र पौवादुङमाले गरेको निर्णयको महत्व नदिनु भनेको समग्र पौवादुङमामा रहेको माओबादी केन्द्रको नेता कार्यकर्ताहरुको छातीमा कुल्चनु हो । यस्तै हो भने भोलीको दिनमा माओबादी पार्टी पौवादुङमामा जिरोमा पुग्ने दिनको सुरुवात भयो ।
माओवादी वृत्रमा नेपालि काग्रेसले माओवादीलाई बैशाखि बनाएर काग्रेसले धेरै भाग लिएको चर्चा चलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार