पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको उपाधी गुरुङ र सिलवाललाई


भोजपुर । दिङ्लामा सञ्चालित खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको उपाधी गुरुङ र सिलवालको जोडीले हात पारेका छन् । मोरङबाट सहभागी भएका भोज बहादुर गुरुङ र नविन सिलवालको जोडीले उपाधी हात पारेका हुन । प्रतियोगितामा सिलवाल र गुरुङले उपाधी आफ्नो पोल्टामा ल्याउँदा भोजपुरका विशाल र सरोजको जोडीले उप–विजेतामा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा दिङ्लाका दावा शेर्पा र नरेन्द्र तामाङ साथै संखुवासभाका मुनुहाङ गुरुङ र राजविक्रम लिम्बुको जोडी सेमिफाईनलिष्ट भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ४० हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन भने उप–विजेता हुने टिमले नगद रु २५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

त्यस्तै सेमिफाईनलिट दुबै टिमले नगद रु १०÷१० हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिता नयाँ बर्ष २०७९ सालको पावन अवसरमा २०७८ चैत्र २८ देखि ३० गते सम्म सञ्चालन भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार