भोजपुर । सामि परियोजनाले आयोजना गरेको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परियोजनाले २ दिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भोजपुरको षडानन्द नगरपालिका सामि परियोजनाले आयोजना गरेको कार्यक्रम चैत्र २१ गते जनप्रतिनिधिसंग र दोस्रो दिन वुद्धिजिवी, प्रहरी र पत्रकारसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
परियोजनाले स्वीस सरकार र नेपाल सरकारको साझेदारी कार्यक्रम षडानन्द नगरपाकिलामा तेस्रो फेजको रुपमा सन २०१८ देखि सुरु गरेको हो । परियोजनाले षडानन्द नगरपालिकाबाट वैदेशिक रोजगारमा जाने आप्रावासीहरुको सुरक्षाको लागि विभिन्न किशिमका कामहरु गरिरहेका छन् ।
परियोजनाले वैदेशिक रोजगारमा जानेहरुको तथ्याङ्क साथै सुरक्षाको विषयमा काम गरिरहेको छ । परियोजनाले हालसम्म नगर क्षेत्रमा न्यायको क्षेत्र, मनोपरामर्श, वित्तिय परामर्श, सुचनाको क्षेत्र साथै अन्य क्षेत्रहरुकमा काम गरिरहेको छ ।
हाल सम्म षडानन्द नगरपालिकाबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या १ हजार ३९ जना रहेका छन् जसमा ९८० पुरुष र ५९ जना महिला रहेका छन् । यस क्षेत्रबाट सबैभन्दा धेरै मलेसिया गएका छन भने साउदी र दुबै त्यो भन्दा पछाडी उनिहरुको रोजाईमा पर्ने गरेका छन् । नेपालबाट वैदेशिक रोजगारमा जानेहरु १ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष तथा ७५ प्रतिशत लेबरमा जाने रहेको परियोजनाका अधिकृत उमा पौडेलले बताए ।
जिल्लाको हकमा परियोजनाले काम गर्दा २ करोड ५० लाख भन्दा बढी ठगी तथा विमावापत आर्थिक फिर्ता गर्न सकिएको छ । जिल्लामा वैदेशिक रोजगारलाई भरपर्दाे, सुरक्षित बनाउन साथै मर्यधित र शोषण रहित बनाउन काम गरिरहेको परियोजनाका जिल्ला संयोजक मानबहादुर कार्कीले बताए ।