भोजपुर । पाँचौँ भोजपुर मेयरकप व्याटमिन्टन प्रतीयोगीता सनिबार सम्पन्न भएको छ । भोजपुर सदरमुकाममा रहेको ब्याटमिन्टन कवर्डहलमा सञ्चालीत प्रतियोगिता शनिबार सम्पन्न भएको हो । भोजपुर नगरपालिकाको प्रायोजनमा जिल्ला व्याटमिन्टन संघद्धारा गत चैत्र १७ गतेदेखी सुरु भएको खेल चैत्र १९ गते सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुष खुल्ला तर्फको उपाधी नरेन्द्र तामाङ र दावा शेर्पाको जोडीले हाल पारेका छन् भने सरोज खवास र सुरज मगर द्धितिय भएका छन् । त्यस्तै मुमिहाङ राई र बुद्ध तामाङ, चन्दन कटवाल र बृन्द राई सेमिफाईनलिष्ट भएका छन् ।
प्रतियोगितामा १५ बर्ष मुनिका पुरुष तर्फ क्रमशः प्रथम, द्धितिय र सेमिफाईनलिष्ट अस्विन तामाङ, मिबुङ राई, तायाबुङ राई र रोश्मन राई भएका छन् भने १५ बर्ष मुनिका महिला तर्फ क्रमशः प्रथम, द्धितिय र सेमिफाईनलिष्टमा मिङ्मा तामाङ, श्रृष्टिका राई, नादिरा मोक्तान र स्वीकृति मोक्तान विजयी भएकी छिन् ।
प्रतियोगितामा एकल खुल्ला पुरुष तर्फ क्रमशः प्रथम विवेक श्रेष्ठ, द्धितिय विशाल तामाङ, र सेमिफाईनलिष्ट सरोज खवास र दावा शेर्पा भएका छन् भने एकल खुल्ला महिलातर्फ क्रमशः प्रथम उपमा खड्का , द्धितिय आकृति फुयााल र समुना तामाङ र अंशु श्रेष्ठ सेमिफाईनलिष्ट भएकी छिन् ।
खुल्ला पुरुष डवल (४०ं) तर्फ नवीन सिंह राई र प्रकाश राई प्रथम हुँदा द्धितिय भवानी आङ्डेम्वे र दिपक आङ्डेम्वे भएका छन् त्यस्तै बृन्द्र राई, रोशन सुवेदी, मोहन आले र प्रेम जोशी सेमिफाईनलिष्ट भएको जिल्ला व्याटमिन्टन संघ भोजपुरका उपाध्यक्ष वेनुप खत्रीले जनाए ।
प्रतियोगितामा खुल्ला पुरुष डबल (४०) तर्फका विजेताले ३० हजार उपविजेताले २० हजार र सेमिफाईनलिष्टले ८÷८ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । त्यस्त्ै जिल्ला स्तरीय खुल्ला पुरुष डबलतर्फ क्रमशः विजेता, उपविजेता र सेमिफाईनलिष्टले ३०÷२०÷८÷८ हजार र ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने खुल्ला पुरुष एकल तर्फ क्रमशः १५ हजार १० हजार ५÷५ हजार साथमा ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।
खुल्ला महिला एकल तर्फ क्रमशः प्रथम १० हजार, द्धितिय ५ हजार र सेमिफाईनलिष्टले २ हजार ५ सय २ हजार ५ सय प्राप्त गरेका छन । साथै १५ बर्ष मुनिका खुल्ला एकल महिला र पुरुषतर्फ क्रमश प्रथम द्धितिय र सेमिफाईनलिष्टहरुले ५ हजार ३ हजार १५÷१५ सय साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेको भोजपुर व्याडमिन्टन संघका कोषाध्यष प्रविन बस्नेतले नागरिक आवाजलाई जानकारी दिए ।