टाईफाईड खोप अभियान सम्बन्धि सरोकारवालाहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न


भोजपुर । नेपाल सरकारले ल्याएको टाईफाईड खोप अभियान सम्बन्धि सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर स्तरीय टाईफाईड खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

चैत्र २५ गतेदेखि सञ्चालन हुने टाईफाईड विरुद्धको खोप चैत्र ३० गते सम्म नगरपालिकाको ३४ वटा खोपकेन्द्रबाट सञ्चालन हुने छ । खोप १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप लागईने षडानन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।

टाईफाईड कुनैपनि उमेर समुहका मानिसहरुलाई हुन सक्छ तर बढिमात्रमा १५ महिनादेखि १५ बर्ष भित्रका बालबालिकालाई हुने पाईएको छ । यस खोपले पुर्णरुपमा टाईफाईड निरुपण नगरेपनि रोकथाम गर्ने छ । सत्यथत्य नबुझि मानिसहरुले हल्ला फैलाएको हुन्छ खोप कुनै संका नमानी लगाउन मुलपानी स्वास्थ्य केन्द्रका प्रमुख डा.सुभम कुमार रौनियारले अनुरोध गरे । खोप १५ महिना देखि २ बर्ष सम्मको बालबालिकालाई देब्रै फिलामा र २ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई देब्रे पाखुरामा लगाईने छ । खोप लगाउँदा केहि समस्याहरु आउन सक्छ समस्या सामान्य र गम्भिर प्रकारको निम्तिन सक्छ त्यसको लागि स्वास्थ्यकर्मीहरु तयारीका साथ लाग्नुपर्ने छ । तर हालसम्म खोप लगाउँदा सामान्य भन्दा सामान्य बाहेक त्यस्तो समस्या नभएको समेत रौनियारले जानकारी दिए ।

८० प्रतिशत खोप लगाउने बालबालिकाहरु विद्यालयमा भएको कारण विद्यालयको यस खोप अभियानमा ठुलो भुमिका रहने छ । यस नगरपालिकामा १०० प्रतिशत खोप लगाउनको लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट प्रचार प्रसार तथा जानकारी गराउनु पर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार