हातहतियार बुझाउन जिल्ला प्रशासनको अनुरोध

निर्वाचनपछि फिर्ता


भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले इजाजतप्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।
आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न आफूसँग भएका हातहतियारहरू बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, ‘निर्वाचनको वातावरण निर्माण गर्दै भयरहितरूपमा सम्पन्न गर्नका लागि आफूहरूसँग भएका इजाजतप्राप्त हातहतियार बुझाउन सबैलाई सूचित गरिएको हो ।’

स्थानीय प्रशासनको आग्रहअनुसार चैत मसान्तभित्र इजाजतप्राप्त भएका हातहतियारहरू आफूलाई पायक पर्ने प्रहरी एकाइहरूमा बुझाउनुपर्नेछ । निर्धारित समयमा अटेर गरी हातहतियार नबुझाएमा खोजतलास गरी कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि पुनः फिर्ता गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार