पाँचौँ भोजपुर ट्रेल रेसमा उमेश र निकी बने प्रथम विजेता


भोजपुर। विश्व आल्ट्रा धाविक मिरा राईको सम्मानमा आयोजना गरिएको भोजपुर ट्रेल रेस भोजपुर आमचोक गाउँपालिकाका उमेश राई प्रथम भएका छन् । त्यस्तै रुकुमका दुर्गराज बुढा द्धितिय र सोलुखुम्बुका सुमन राई तृतिय बनेको आयोजकले जनाएको छ ।
पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । प्रतियोगितामा प्रथम हुनेले ६ घण्टा ३० मिनेट ४७ सेकेन्ड, द्धितियले ६ घण्टा ५० मिनेट ३० सेकेन्ड, तृतियले ६ घण्टा ५६ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । त्यस्तै चौथो हुने रमेश लिम्वुले ७ घण्टा ३१ मिनेट ५३ सेकेन्ड र पाचौँ हुने भिम गुरुङले ७ घण्टा ३८ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।
त्यस्तै ५० किलोमिटर महिला तर्फ ९ घण्टा १७ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै निकि लिम्वु प्रथम , ९ घण्टा १७ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै आश्मा विक द्धितिय र ९ घण्टा ३३ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै जुलिन राई तृतिय बनिन् ।
१० किलोमिटर तर्फ ४० मिनेट ६ सेकेन्डमा निर्धातिर दुरी पुरा गर्दै विवश लिम्वु प्रथम, ४० मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै नविन तामाङ द्धितिय, ४७ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै बसन्त राई तृतिय र ४७ मिनेट ३१ सेकेन्डमा दुरी पार गर्दै इप्सन राई चौथो बनेको मिरा राईं फाउण्डेशनका सचिव केशर राईले बताए ।
त्यसैगरी, महिला तर्फ ५१ मिनेट ४६ सेकेन्डमा दुरीपार गर्दै छेम्वीमाया राई प्रथम, १ घण्टा ३ मिनेट ११ सेकेन्डमा दुरीपार गर्दै अमृता कटुवाल द्धितिय, १ घण्टा ५ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै कावावुङ राई तृतिय र १ घण्टा ७ मिनेट १८ सेकेन्ट दुरी पार गर्दै रिता राई सान्तन्व बनेकी छिन् ।
मिरा राई फाउन्डेसनको आयोजनामा भएको कार्यक्रम पौवादुङमा गाउँपालिका र प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न गरिएको फाउन्डेसनका सचिव केशर राईले जानकारी दिए । प्रतियोगितामा तीन सय जनाको सहभागिता रहेको सविच राईले बताए ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेल क्षेत्रको विकासमा स्थानीय सरकारले ध्यान दिएर लागेको बताए । पौवादुङमा गाउँपालिकासँगै देशको नाम विश्वमा चिनाउने अन्य मिरा राई जन्माउन खेल क्षेत्रमा लगानी गर्न कुनै पनि कसुर बाँकी नराख्ने अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईले भने ‘गाउँपालिकाले मिरा राईको सम्मानको खातिर विभिन्न काम गरिरहेको छ ।’ गाउँपालिकाले मिरा राईको सम्मानमा मिरा राई अन्तराष्ट्रिय रंगशाला निर्माण गरिरहेको स्मरण गराउदै अध्यक्ष राईले भने, ‘हामीले मिरा राई फाउन्डेसनसँगको सहकार्यमा विभिन्न काम गरिरहेका छौँ । आगामी दिनमा गाउँपालिकाले थप गतिविधिलाई बढाउनको लागि भूमिका खेल्ने छ । हामी सबै एकजुट भएर यस्ता काममा आगाडी बढ्न आवश्यक छ ।’
प्रतियोगितालाई आवश्यक पर्ने प्राविधिक सहयोग रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमीले गरेको थियो । प्रतियोगितामा नयाँ खेलाडी उत्पादन गर्ने, मानिसलाई स्वास्थ्य राख्न प्रोत्साहन गर्ने साथै यहाँ रहेको सास्कृतिक, भाषिक भौगोलिक विविधतालाई देशभर फैलाउन आदान प्रदान गर्ने मुख्य लक्ष्यले आयोजना गरिएको रिमाचुङ एजुकेशन एण्ड स्पोर्ट एकेडेमीका अध्यक्ष पावीहाङ राईले बताए । अध्यक्ष राईले भने‘ मुख्य त देशको नाममा विश्वमा चिनाउने मिरा राईको सम्मानको लागि कार्यक्रम आयोजना गरिएको हो । योसँगै नयाँ खेलाडी उत्पादन संस्कार सस्कृतको आदान प्रदान गराउने पनि उद्धेश्य हो ।’’
गाउँपालिकाले भोजपुर ट्रेल रेस सम्पन्न गराउनको लागि रु. दुई लाख बजेट विनियोजन गरेको थियो । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार