भोजपुरका व्यापारी जीवन श्रेष्ठ सहित ७ जना एमालेमा प्रवेश, काेटमा माओवादीका १५ जना प्रवेश


भोजपुर । भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् । भोजपुर नगरपालिका–७ को वडा भेला कार्यक्रममा उनीसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधानलाई एमालेमा स्वागत गरिएको नेकपा एमालेका जिल्ला कमिटी सचिव मकर खड्काले बताए । यसअघि कांग्रेसमा रहेका श्रेष्ठ भोजपुरका पुराना स्टेशनरी एवं मुद्रण व्यवसायी हुन् ।त्यस्तै, टेम्केमैयुङ गाउँपालिका–६ कोटमा नेपाली कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ता गरी १५ जना एमाले प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेहरूमा कांग्रेसका पुराना नेता हरिकुमार राई, पृतमा राई, यज्ञकुमारी चर्मकारी, बाबुराम राई, चन्द्रकुमार राई, माओवादीका मोहनलाल गिरी, रमेश नेपाल, नरबहादुर प्रधान, दिपिराज राईलगायत छन् ।
यस वडामा माओवादीबाट निर्वाचित अध्यक्ष सूर्य नेपालसहित माओवादी र विभिन्न पार्टीका ७० जनाभन्दा बढी कार्यकर्ता यसअघि नै एमाले प्रवेश गरिसकेका छन् ।
उनीहरूलाई एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मक्कर खड्का, प्रदेश सदस्य एवं गाउँपालिका प्रमुख धुर्वराज राई, प्रदेश सदस्य थमानसिं राईलगायतले स्वागत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार