गाउँपालिका अध्यक्षले गरे ११ दिनमा दुई विवाह, थाहा नदि कान्छी श्रीमतिसँग विवाह दर्ता


भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्षले ११ दिनमा दुई विवाह गरेका छन् । पालिका अध्यक्ष महेश राईले ११ दिनको फरकमा दुई विवाह गरेको खुल्न आएको छ । राईले माईली श्रीमतिलाई थाहा नदिई कान्छी श्रीमतिसंग विवाह दर्ता गरेपछि हिमालय राई एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडियाको दैलोमा भौतारिइरहेकी छन् । गाउँपालिका अध्यक्ष महेश राईले करिब चार महिनाअघि हिमालयसंग विवाह गरेर अहिले घर न घाटको बनाइदिएको छ ।

गाउँपालिका अध्यक्ष राईले भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ खार्ताम्छा पुख्र्यौली घर भएकी काठमान्डौ ललितपुर सुनाकोठीमा स्थायी बसोबास गर्दै आएकी हिमालय राईसंग जातीय परम्परा अनुसार मंसिरको १३ गते विवाह गरेका थिए । रितपूर्वक भाद्र २ गते मगनी गरेका थिए । साउन ३१ गते हिमालयका दाजुलाई भेटी आजभोली नै लैजाने व्यवस्था मिलाइदिनुस बिबाह पछि गरौंला भनि अनुरोध गरेका थिए । तर परिवार जनले त्यो अस्वीकार गरेपछि मंशिर १३ गते परम्परागत रुपमा विवाह भएको थियो । विवाहमा षडानन्द नगरपालिकाका मेयर विरबल राई, विरबल राईका श्रीमति मालती राई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत जन्तिको रुपमा साँचि थिए ।

तर विवाह भएको केहि समय पछि पुषको अन्त्य तिर अध्यक्ष राई श्रीमतिलाई पालिका जान्छु भनि काठमान्डौ स्थित बुडानिल्कण्ठ १० कपनको निजि निवासबाट भोजपुर लागेका थिए । काठमान्डौबाट हिडेपछि सम्पर्कमा आउन नचाहने, फोन सम्पर्क हुन नसक्ने समस्या आउन थालेको थियो।

बिचको समयमा सम्पर्कमा आएन तर एक्कासी फाल्गुनको १६ गते कपन स्थित रहेको घरबाट दिउँसो हिमालय राई ९माइली श्रीमती० बाहिर गएको बेलामा घरमा आएर भित्रबाट गेट लगाई कान्छि श्रीमतिसंग बसिरहेको पाईयो । घर भित्र पस्न खोज्दा आधिकारिक श्रीमति म हुँ भनि गेट नखोले पछि कपन प्रहरी कार्यालयबाट प्रहरी लगेर जाँदासमेत ढोका नखोलेपछि अहिलेसम्म माईली श्रिमती सडकमा छ ।

कान्छी श्रीमती माया राइलाइ पछि बिहे गरेको तर मंसिर २ गते नै बिहे गरेको दर्ता साल्पा सिलिछो गाउँपालिकाको वडा नं २ को कार्यालय गरिसकेको छ ।महेशले भित्र्याएकी कान्छी श्रीमती माया राई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत हुन् । पछि भित्र्याएको भए पनि मायालाई ‘जेठी’ देखाउने गरी उनले सरकारी कागजपत्र मिलाएका छन् । हिमालयसँग बिहे भएको मितिभन्दा ११ दिनअघि मंसिर २ गते विवाह भएको मिति राखेर महेशले मायासँग विवाह दर्ता गराउन सफल भए ।

यही कारण देखाइ महानगरिय प्रहरी परिसर टेकुले प्रहरी जाहेरी लिन मानेको छैन । कृर्ते बिबाह दर्ता गरेको थाहा भएपनि प्रहरीले जेठीलाई पनि जेल जानसक्ने समस्या देखाएर अनुसन्धान थाल्ने काम गरेको छैन । यसको कारण सत्ताको शक्तिको दवाव हुनसक्ने पिडित पक्षको ठहर छ । पिडित पक्षको भनाइ के पनि छ भने( “एक अपराधीले देशको कानुन यसरी बन्धक बनाउनु हुन्न ।”

गाउँपालिका अध्यक्ष महेश राईको घटनामा यदि उनको विवाह दर्तालाई नै मान्यता दिएर पहिलो विवाह माने पनि बहुविवाह स्पष्ट देखिन्छ । नेपालको संविधानमा बहुविवाह भए कानुन अनुसार सजाय पाउनु र दिनु त कता हो कता उल्टै प्रहरीले जाहेरी समेत लिन मानेको छैन । पालिका अध्यक्ष महेश राई जनताको साझा प्रतिनिधि भएर न्याए दिनुत कता हो कता उल्टै बहुविबाह गरि आनन्द बसेका छन् ।

महेश राई २०७४ को स्थानीय निर्वाचनमा भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसको महासमिति सदस्य पनि छन् ।

राईलाई सम्पर्क गर्दा उनको फोन स्वीच अफ पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार