भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो ।
गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८० हजार लागतमा तयार भएको हो । गीतमा अशोक मुकारुङ, योगेन्द्र राई, सुनिता थेगिम, पदम रजान मगर, बविना राई र सविना लिम्बुको स्वर रहेको छ । गीतमा शब्द तथा संगित सुरेन्द्र पुलामी मगरको रहेको छ ।
नगरपालिकाको प्रचार प्रसार तथा आवाश्यकतालाई मध्येनजर गरि गीत रचनाको लागि गी तयार पारिएको षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताईन । नगरपालिकाको गीत सबै क्षेत्रलाई समेटेर तयार पारिएकोले गित राम्रो छ । यसलाई हामी तुरुन्तै सार्वजानिक गर्ने तयारी रहेको नगरपालिकाका मेयर वीरबल राईले बताए ।