नेकपा एमाले भोजपुरको सबै पालिकामा भेला तथा प्रशिक्षण सम्पन्न


भोजपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) भोजपुरले जिल्लाका सबै स्थानीय तहहरूमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकेको छ ।
एमाले जिल्ला कमिटी भोजपुरको प्रथम पूर्ण बैठकको निर्णयअनुसार जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाहरूमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकिएको एमाले जिल्ला कमिटी अध्यक्ष शरणकुरमा राईले बताए । उनले भने, ‘जिल्ला कमिटीले गरेको निर्णयअनुसार गत फागुन २५ गतेबाट सुरु भएको भेला तथा प्रशिक्षण कार्य सकिएको छ, यो पनि पार्टी सुदृढीकरणको कार्यक्रम हो ।’
एक महिने पार्टी निर्माण तथा सुदृढीकरण अभियानअन्तर्गत जिल्ला तहमा एमालेले कार्यक्रमहरू सञ्चालन गर्दे आइरहेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नः १ का पूर्व मुख्यमन्त्री शेरधन राई, पार्टी केन्द्रीय सदस्य तथा नेकपा (एमाले) भोजपुर जिल्ला इन्चार्ज हरिबहादुर राई, पूर्वमन्त्री तथा प्रदेश कमिटी सदस्य कृपासुर शेर्पा, जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईसहितको उपस्थितिमा एमालेले नगर तथा गाउँस्तरीय कार्यकता भेला तथा प्रशिक्षण पूरा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार