दिंला–भोजपुर चतरा सडक कालोपत्रे कामले गतिलिने

भोजपुरबाट ९० कि.मि. तराइ पुगिने


भोजपुर । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला-भोजपुर घोडेटार चुहार सडकको स्तर उन्नतिको प्रक्रिया शुरु भएको छ । उक्त योजना अन्तर्गत पहिलो चरणमा हसनपुरको चुहार हुदै घोडेटारसम्म २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाको अन्तिम प्रक्रिया शुरु भएको हो । यसका लागि ग्रामीण सडक सञ्जाल सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजना वातवरणिय परिक्षणको सर्वाजानिक सुनुवाइ कार्यक्रम शुरु गरेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । सुनुवाइपछि आयोजनाले सडक कालोपत्रेका लागि बोलपत्र प्रकाशित गर्नेछ । तत्कालिनप्रदेश १ कामुख्य मन्त्रि शेरधन राईको सिफारिस र पहलमा ग्रामीण सडक सञ्जाल सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो ।
पुर्व मुख्यमन्त्रि तथा प्रदेश संसद शेरधन राईको पहलमा कोशि राजमार्गको बैकल्पिक राजमार्गको रुपमा १ सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहारहुदै सुनसरि चतरा सडकको स्तरउन्नती र कालोपत्रेको काम शुरु भएको हो । पहिलो चरणमा चतरा चुहार घोडेटार चुहार २२ किलो मिटर सडक कालोपत्रेको तयारी शुरु भएको पुर्व मुख्यमन्त्रि शेरधन राईले बताए । “प्रदेशको प्राथामिकताको सडक पनि भएको कारण यसलाई महत्वका साथ अघि बढाएको थिए बाकी खण्ड दिंलासम्म पनि क्रमश काम हुनेछ”मुख्यमन्त्रि राईले भने “एडिबिको आर्थिक सहयोगमा धरान धनकुटा हुदै आउने कोशि राजमार्गको बैकल्पिक सडकको रुपमा यो योजना अघि बढाइएको हो ” ।
भोजपुरको भविष्य र समृद्धिका लागि तराई संग नजिक जोड्न चुहारको पुलनिर्माण संगै सडकको काम अघि बढेको पनि राईले बताए । तत्कालिन मुख्यमन्त्रि राईद्धारा विनियोजित बजेटबाट प्रदेश प्राथामिकता सडक अन्तर्गत सुनसरिको चतरा नयाँ पुल हुदै उदयपुरको मैनामैनिचुहार सडक काम भैरहेको छ । उक्त सडक खण्ड अन्तरगत २३ किलोमिटर मध्ये १२ किलोमिटर कालो पत्रे र ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको मुख्यमन्त्री राईले बताए । शेरधन राई मुख्यमन्त्रि हुदाँ नै भोजपुर र उदयपुरको सिमाना चुहारको दुधकोशिमा पुलनिर्माणको काम भइरहेको छ । पुलनिर्माण सम्पन्नभए संगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरमा सुनसरीको चतरा पुगिनेछ । जबकी भोजपुर सदरमुकामबाट ९२ किलोमिटरमा धनकुटाको हिले मात्र पुगिन्छ । दिंलाबाट १ सय २५ किलोमिटरमा चतरा पुगिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार